फागुन ०५ गते शनिबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ फाल्गुन २०८०, शनिबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० फागुन ०५ गते शनिबार ई.सं.२०२४ फ्रेवरी १७ नेपाल सम्बत ११४४ सिल्लाथ्व अष्टमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, माघ शुक्ल अष्टमी, चन्द्रमा वृष राशिमा, कृतिका नक्षत्र, यन्द्र योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६:३९ मा भयो भने सूर्यास्त साँझ ०५:५५ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): बोलीको भरमा काम सम्पादन हुने र विचारले धेरैलाई आकर्षण गर्ने समय छ । काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । स्वास्थ्य सबल रहला । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ भने व्यापारमा चाहिँ कम मात्र फाइदा होला । रसरागको भाव जागृत हुनेछ । सन्तानको सुख प्राप्त होला, आशा उत्साह बढ्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): परिश्रमको तुलनामा कममात्र प्रतिफल पाइने समय छ । भएको आम्दानी सञ्चय गर्न नसकिएला । उठ्नुपर्ने रकम पनि हातलागी हुने योग रहेपनि मालमत्ता चोरी वा नष्ट हुने सम्भावना रहेकोले सचेत रहनुहोला । विचारले धेरैलाई आकर्षण गर्ने समय छ, प्रशंसकहरू बढ्नेछन् । काममा सहयोगीहरूले साथ दिनेछन् । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । कामको दायित्व बढ्नेछ भने सामान्य खर्च पनि वृद्धि होला । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, तथापि प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । कर्मबल बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । मित्रभाव वृद्धि होला । आमोदप्रमोदमा रमाउने योग छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ काम र जिम्मेवारी हात पर्ला । अध्ययन-अध्यापनमा रहेका बाधा फुक्नेछ । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुर्ला । प्रतिष्ठित काम गर्ने योग रहेको दिन छ । भाग्यबल वृद्धिका साथै रसरागमा आकर्षण रहला । मिठो भोजन प्राप्ति तथा पारिवारिक सुख मिल्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विगतको श्रमबाट प्रशस्त धन लाभ हुने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । प्रतिस्पर्धा वा मुद्दा-मामिलामा विजयी भइनेछ । प्रशंसकहरू बढ्नेछन् । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँगको भेटघाटले उत्साह बढाउनेछ । रचनात्मकता, रसरागको भाव एवम् सुख बढ्नेछ । पारिवारिक सुखशांति बढ्नुको साथै कार्यसफलताको योग छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दिन उत्साहपूर्ण रहला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने मौका जुर्ला । सुखद समाचार सुन्न पाइनेछ । पढाइलेखाइमा प्रगति होला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त होला । बौद्धिक र रचनात्मक काममा सफलतका साथै समस्याको समाधान मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । मिथ्या भ्रमणमा समय बित्ने सम्भावना रहेकोले अनावश्यक भ्रमणको कार्यक्रम रघ गर्नु हितकर होला । सामान्य स्वास्थ्यगत समस्या आइपर्ने सम्भावना छ । यसका बाबजुद पारिवारिक जमघटमा मन रमाउने योग छ । कामबाट फुर्सद मिल्नेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ । आफन्तको साथ मिल्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): लेनदेनमा विवाद हुने समय भएपनि प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । केही विवादमा परिने योग छ, सचेत रहनुहोस् । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सवारी साधनको प्रयोगमा आजको दिन अलिक सावधानी अपनाउनु हितकर होला । पराक्रम वृद्धि हुनेछ । शुभ काममा आकर्षण बढ्ला । शत्रुपक्ष परास्त हुनेछन् ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुर्ला । रोकिएका काम सम्पादन हुने र पठनपाठनमा प्रगति हुने समय छ । आर्थिक अभावले भने अलिक सताउनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । नयाँ काममा हात हाल्ने तथा स्थायी सम्पत्ति जोड्ने अवसर मिल्ला । व्यस्तता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): परिश्रम परेअनुसार काममा सफलता मिल्नेछ । भाग्योन्नतिको समय छ । आर्थिक उपार्जनमा सुधार आउला । सहयोगीहरूले साथ दिनेछन् र धन आर्जन हुनेछ । पराक्रम र उत्साह बढ्ला । सन्तानको सुख प्राप्त हुनेछ । मिठो भोजन प्राप्त होला । दायित्व पूरा गर्नुहुनेछ । यात्रामा सफलता प्राप्त होला । मनोकूलको काममा सफलता मिल्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन व्यावसायिक यात्राको सम्भावना छ । आम्दानी बढ्नेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ भने आतिथ्यपूर्ण सम्मान पाइएला । प्रतिस्पर्धी परास्त होलान् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नपर्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका मिल्ला । तथापि पुरानो समस्याले चाहँ केही झमेला आइलाग्न सक्छ । आरोग्यता बढ्नेछ, रसरागमा आकर्षण बढ्ला । वार्तामा सफलता मिल्नेछ । शत्रु परास्त होलान् ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array