एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा आयोजक मलेसिया र नेपाल भिड्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ फाल्गुन २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौ – नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा आज आयोजक मलेसियाको सामना गर्दै छ । यो खेल मलेसियास्थित बायुएमास ओभलमा नेपाली समय अनुसार ११:१५ बजेदेखि शुरु हुदै छ ।

नेपालले बुधबार सम्पन्न क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो भने मलेसियाले बुधबारनै जापानलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

- Advertisement -
Ad imageAd image

त्यस्तै आजै अर्को सेमिफाइनलमा थाइल्याण्ड र युएई भिड्दै छन् । यो खेल भने नेपाली समय अनुसार बिहान ७:१५ बजे हुदै छ । सेमिफाइनलका विजेता दुवै देश महिला एशिया कपमा छनौट हुने छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्