फागुन ०४ गते शुक्रबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ फाल्गुन २०८०, शुक्रबार
5 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० फागुन ०४ गते शुक्रबार ई.सं.२०२४ फ्रेवरी १६ नेपाल सम्बत ११४४ सिल्लाथ्व सप्तमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, माघ शुक्ल सप्तमी, चन्द्रमा मेष राशिमा,भरणी नक्षत्र, ब्रम्ह योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६:४० बजे भयो भने सूर्यास्त साँझ ०५:५५ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन शुभदायी नै छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने प्रयत्न गर्नुहोला । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । तर, छरछिमेकमा भने केही असमझदारी या विवाद बढ्न सक्ने योग छ । सन्तान पक्षले प्रसन्नता दिलाउनेछन् भने परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): समय उत्साहवर्द्धक रहला । पितृधन प्राप्ति एवम् नयाँ ज्ञान सिक्ने अवसर जुर्ला । व्यापार–व्यवसायमा विशेष लाभ मिल्नेछ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना रहेको छ । वैदेशिक क्षेत्रबाट लाभ प्राप्त होला । दिन मनोरञ्जनपूर्ण नै रहनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): सामाजिक कामको दायित्व बढ्ने समय छ । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा प्रगति होला । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने दिन छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन अलिक चुनौतीपूर्ण रहला । अलिक द्विविधामा परिने तथा निर्णायक क्षमतामा कमी आउने योग छ । काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । सहयोगीजनले नै तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन् । शत्रुपक्षको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला, सचेत रहनुहोस् । व्यापार तथा उद्योगतर्फबाट भने फाइदा हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): लाभदायक समय छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी होला । कृषि तथा पशुपालनमा सामान्य भएपनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । भूमि तथा मातृधनबाट लाभ मिल्नेछ । आजको दिन विशेष प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): नयाँ जिम्मेवारी हात पार्ने समय छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ भने सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने देखिन्छ । रोकिएका काम सम्पादन हुनेछन् । धैर्यले काम लिने प्रयत्न गर्नुहोला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ तर कृषि क्षेत्रबाट भने सामान्य लाभ मिल्ने योग छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन स्वास्थ्य कमजोर रहनाले काममा असर पर्ने देखिन्छ । जिम्मेवारी बढ्नेछन् भने सहयोगको आशा देखाउनेहरूबाट धोका पाइएला । आर्थिक आम्दानी बढ्ने बढ्ने योग छ । लेनदेनमा विवाद आउने सम्भावना रहेकोले सचेतनापूर्वक व्यवहार गर्नु हितकर होला । सहयोग गर्छु भन्नेबाट सजग रहनुहोला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): बाध्यतापूर्ण कामको जिम्मेवारी मिले पनि प्रयास गर्दा रोकिएका बन्नेछन् । काममा लगानीको समय छ, केही मात्रामा खर्च बढ्नेछ । मातापिताको सहयोग प्राप्त होला । कृषि-चौपायाबाट लाभ मिल्नेछ । अरूको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): परिवारजनको भरण-पोषणमा खर्च बढ्ने समय छ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् भने विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन सुखद रहला । तथापि, कार्यक्षेत्रमा कम उत्साह रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । व्यावसायिक काममा खर्च बढ्ला । समयमा काम पूरा नहुनाले खिन्नता बढेपनि सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले गरिआएको कर्ममा केही समस्या थपिने सक्छ । । सामान्य खर्चको योग छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): स्वास्थ्यमा कमजोरी महसूस भएपनि परिश्रम भने धेरै गर्नुपर्ने समय छ । तथापि, काममा सफलता मिल्नेछ । पढाइमा राम्रै प्रगति हुनेछ । भाग्योन्नतिको समय चल्नुका बाबजुद अप्रिय समाचारले मनमा खिन्नता बढ्न सक्छ । प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुर्न सक्छ, मौकाको लाभ उठाउने प्रयत्न गर्नु हितकर रहला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): विभिन्न अवसर प्राप्तिको समय छ । सोचेको काम समयमा सम्पादन गर्ने प्रयत्न गर्नुहोला, अन्यथा अवसर फुत्कने सम्भावना देखिन्छ । काममा केही चुनौती देखिए पनि धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिने योग छ । प्रेमको बन्धन कसिएला ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array