बालुवाटारको जग्गा हिनामिना प्रकरणमा मीनबहादुर गुरुङलाई २ वर्ष कैद सजाय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ फाल्गुन २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – बालुवाटारको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङलाई २ वर्ष जेल सजाय सुनाएको छ। विशेषले गुरुङसहित बालुवाटारको जग्गा आफ्नो नाममा पारेको घटनामा दोषी ठहर गर्दै २ वर्ष जेल सजाय सुनाउने फैसाल गरेको हो।

विशेष अदालतका न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस्तो फैसला सुनाएको हो। यो मुद्दा यसअघि सबैभन्दा बढी धरौटी तिरेर भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङ छुटेका थिए। तर विशेषले २०७७ माघ २१ गते २ करोड धरौटी माग गरेपछि छुटेका मीनबहादुर अन्तिम फैसलामा दोषी ठहर भएका छन्।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्