कीर्तिमानी जितपछि उत्साही नेपालले आज क्वार्टरफाइनलमा कुवेतको सामना गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ फाल्गुन २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटको चारवटै क्वार्टरफाइनल खेल बुधबार खेलिँदैछ । प्रतियोगिताको क्वार्टरफाइनलमा नेपालले कुवेतको सामना गर्नेछ । नेपाल र कुवेतबिचको खेल बिहान ११ः१५ बजे सुरु हुनेछ ।

नेपाल समुह चरणमा अपराजित रहदै समुह विजेता हुदै क्वाटरफाइनलमा पुगेको हो । नेपालले समुह चरणमा हङकङ र भुटानलाई ८-८ विकेटले र माल्दिभ्सलाई कीर्तिमानी २१४ रनले पराजित गरेको थियो ।

- Advertisement -
Ad imageAd image

त्यसैगरी समुह चरणमा कुवेतले सिंगापुरलाई १० विकेटले र म्यान्मारलाई २७ रनले पराजित गरेको थियो भने थाइल्याण्डसँग ९६ रनले हार बेहोरेको थियो ।

आजै अन्य क्वाटरफाइनलमा बिहान ११: १५ बजे मलेसिया र जापान खेल्दै छन् भने बिहान ७: १५ बजे हङकङ र थाइल्याण्ड तथा इन्डोनेसिया र युएई खेल्दै छन् ।

१६ देशले भाग लिएको महिला प्रिमियर कपमा नेपालसहित ८ देश थाइल्याण्ड, कुवेत, युएई, जापान, मलेसिया, इन्डोनेसिया र हङकङ क्वाटरफाइनलमा पुगेका छन् । त्यसै गरी म्यान्मार, सिंगापुर, चीन, ओमान, कतार, बहराइन, भुटान र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्