माघ २९ गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ माघ २०८०, सोमबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० माघ २९ गते सोमबार ई.सं.२०२४ फ्रेवरी १२ नेपाल सम्बत ११४४ सिल्लाथ्व तृतिया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, माघ शुक्ल तृतिया, चन्द्रमा कुम्भ राशिमा, पुर्वभाद्र नक्षत्र, शिव योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६:४३ बजे भयो भने सूर्यास्त साँझ ०५:५२ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन अलिक चुनौतीपूर्ण रहला । काममा ढिलासुस्ती आउनुका साथै आर्थिक हानी हुनसक्ने समय छ । व्यक्तिगत काममा सोचेभन्दा ज्यादा समय र धन खर्च हुने सम्भावना रहेकोले सावधान रहनु हितकर होला । भौतिक साधनका पनि क्षति हुने योग छ, ध्यान राख्नुहोला । तत्काल समाधान नहुन सक्ने समस्यासँग जुझ्न धैर्य र दृढताले मद्दत गर्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): कसैसँग कुनै बाचा गर्नुभएको छ भने त्यो पूरा हुने समय रहेको छ । नयाँ योजनातिर मन खिचिने योग रहेकोले गरिरहेको काम ओझेलमा पर्न सक्छ । अरुको हित हुने काम गरेर सन्तुष्टि प्राप्त गरेपनि आजको दिन आफ्नो व्यवसायबाट सोचेजति लाभ भने नहोला । टाढिएका आफन्तको यादले सताउनन सक्छ । काँकी पक्ष सुखद रहने छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): केही नयाँ काम गर्नको लागि इष्टमित्र एवम् परिवारजनको राम्रो सल्लाह आउने दिन छ । आयआर्जनमा राम्रो हुनुका साथै नयाँ काम सुरु गर्ने योग छ । व्यापारमा राम्रै धनलाभ होला । विशेष प्रयत्न गरेमा आशमारेको रकम पनि उठ्ने दिन छ । लामो समयदेखि रोकिएको काम बन्नेछ भने दिन उल्लासमय रहला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सामान्यतया आजको दिन निकै राम्रो छ, रचनात्मक काममा जुट्ने समय छ । आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । मन फुरुङ्ग रहला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ला । सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ भने साथीभाइले काममा सहयोग जुटाउनेछन् ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कडा प्रयासका बाबजुद कमैमात्र सफलता मिल्ने समय छ । अनावश्यक वादविवादबाट बच्न आफ्ना धारणालाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । हातहतियारबाट जोगिन विशेष प्रयास गर्नुहोला । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ, कसैसंग मनमुटाव वा वादविवाद पनि पर्न सक्छ, सावधान रहनु हितकर हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन नयाँ कामको सुरुवात खासै राम्रो नहोला । कार्यमा हैरानी बढ्न सक्छ, जागिरमा पनि समस्या हुने समय छ । काममा मन नजानाले योजनाहरू अधूरै रहला । मान-सम्मानमा आघात पर्ने सम्भावना भएपनि श्रमको भने उचित मूल्यांकन हुनेछ । यात्रामा सफलता मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्ने समय छ । मान–प्रतिष्ठा बढ्ला । चल–अचल सम्पत्तिको कारोवार हुन सक्छ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ । दिन मनोरन्जनका साथ बित्नेछ भने पारिवारिक आवश्यकता पूर्ति होला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने समय छ । पे्रममा सुखद मिलनको अनुभव गर्न सक्नुहुनेछ । परिवारबाट टाढा बस्नुपर्ने योग भएपनि टाढाको यात्राबाट धनको लाभ होला । सवारीसाधन तथा चौपाया बस्तु आदिको कामबाट लाभ हुने देखिन्छ । सिर्जनात्मक तथा साहित्यिक कार्यमा मन जाला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): पीडा दिनेहरु सक्रिय रहनसक्ने समय छ, विशेष सवधान रहनुहोला । आजको दिन स्वास्थ्यले साथ नदिन सक्छ, खानपान आदिमा सावधान रहनु हितकर होला । यात्राका क्रममा सचेत नरहे हानी पुग्न सक्ने योग छ । नसोचेको ठाउँमा धनको नाश हुन सक्छ, सचेत रहनुहोला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन कामहरु सजिलैसँग बन्नेछन् भने आर्थिक लाभ मिल्ने खालको समय छ । रसरागमा मन जाला । बुद्धिविवेकले राम्रो काम गर्नाले अनायासै ठिक निर्णय हुनेछ । कसैबाट समर्थन पनि पाइने दिन छ । पितृधनको उपयोगबाट विशेष फाइदा हुने योग छ । केही अधुरा काम सम्पन्न हुनेछन् ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दिन शुभदायी छ । पराक्रम वृद्धि भइ सोचेभन्दा बढी नै लाभ मिल्ला । व्यापार व्यवशायमा उन्नति हुनेछ भने आत्मविश्वासले धनलाभ गराउने योग छ । आँटेगरेको कार्यमा सफलता मिल्नाले मन हर्षित रहला । रसरागको भाव वृद्धि हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले आजको दिन मन सन्तुष्ट रहला । आर्थिक काम बन्छ तर काम विशेष सजगता अपनाउनु हितकर हुनेछ । यात्राको योग छ । सानै प्रयासले रोकिएको काम बन्ने समय छ ।

तपाईको दिन शुभ रहोस्

 

प्रतिक्रिया दिनुहोस्

Array