आयोजक कतारलाई दोस्रोपटक एसियन कपको उपाधि, जोर्डन ३–१ ले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ माघ २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ – कतार दोस्रो पटक एएफसी एसियन कपको उपाधि जित्न सफल भएको छ । शनिबार साँझ घरेलु भूमिमा भएको एसियन कपको फाइनल खेलमा जोर्डनलाई ३-१ ले पराजित गर्दै कतार लगातार दोस्रो पटक एसियन कपको च्याम्पियन बनेको हो ।

जोर्डनविरुद्धको खेलमा कतारका लागि अक्रम अफिफले ह्याट्रिक गरे । उनले सबै गोल पेनाल्टी मार्फत गरेका हुन् । अफिफले प्रतियोगिता सबै खेलमा गरेर ८ गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधिसमेत हात पारेका छन् ।

२२ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै कतारले खेलमा अग्रता बनाएको थियो । ६७ औं मिनेटमा जोर्डनले गोल गरेर खेलालाई बराबरीमा फर्काएको थियो। तर, त्यसपछि जोर्डनले अर्को गोल गर्न सकेन ।

खेलको ७२औं मिनेटमा कतारले पेनाल्टी मार्फत् नै दोस्रो गोल गर्यो । तेस्रो गोल कतारले इन्ज्युरी समयको पाँचौं मिनेटमा गरेको थियो । कतारका लागि सबै गोल अफिफले पेनाल्टीमार्फत् गरेका थिए ।

कतारले समूह चरणमा लेबनान, ताजिकिस्तान र चीनलाई पराजित गरेको थियो भने अन्तिम १६ मा प्यालेस्टाइनलाई पराजित गरेको थियो । क्वाटरफाइनलमा उज्बेकिस्तान विरुद्ध टाईब्रेकरमा विजयी हुँदा कतारले सेमिफाइनलमा इरानलाई परास्त गरेको थियो ।

यसअघि २०१९ मा भएको एसियन कपको फाइनलमा कतारले जापानलाई ३-१ ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array