माघ २७ गते शनिबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ माघ २०८०, शनिबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० माघ २७ गते शनिबार ई.सं.२०२४ फ्रेवरी १० नेपाल सम्बत ११४४ सिल्लाथ्व पारु, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, माघ शुक्ल प्रतिपदा, चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, वरियान योग, किंस्तुघ्न करण । आज नेपालमा सूर्योदय बिहान ०६:४५ बजे भयो भने सूर्यास्त साँझ ०५:५१ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): बन्न लागेको पनि बिग्रन सक्ने दिन छ विशेष चनाखो रहनु हितकर होला । घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउन सक्छ । खास योजना गोप्य राख्नुहोला । आफन्तजन या अर्काकै काममा आजको दिन बित्ने योग छ । आत्मविश्वास भने कायम रहनेछ । सन्तानको सुख प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): नवीन योजनाहरु सिर्जना हुने तथा आम्दानी प्रशस्तै बढ्नेछ दिन छ । अधुरा काम बनी मन हर्षित होला । परिश्रम गर्दा अरुको विश्वास जित्न सकिनेछ । पठनपाठनमा पनि प्रगति हुनेछ । जाँगर आउनुका साथै आर्थिक एवम् समाजिक लाभ मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । मान यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): कामहरु सजिलैसँग बन्ने समय छ । भौतिक साधन जुट्नेछन् भने आश मारेको रकम उठ्ने योग हुनुका साथै मन प्रफुल्ल रहला । प्रेममा सफलता मिल्नेछ । कामको इच्छाशक्ति पनि बढ्नेछ । सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । समस्याको समाधान प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): गलत विचार बढने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने समय छ । शरिरमा आलस्यता छाउने देखिन्छ भने कसैसंग सामान्य बादविवाद हुन सक्छ । इर्ष्या गर्नेहरु सक्रिया होलान्, सावधान रहनु हितकर हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्यापारमा सफलताले मन रमाउन छ । धन र मान-सम्मान कमाउने अवसर मिल्नेछ । जागीरमा भने ठिकै छ । वशेष सभा-समारोहमा सहभागी बन्ने अवसर जुर्ला । रचनात्मकता र रसरागको भाव बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्ने समय छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): उत्साहजनक समय छ । आजको दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । तपाईंप्रति ठूला व्यक्तिको आशा र भरोसा पनि रहनेछ । धार्मिक काममा मन जानेछ । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछन् । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सहयोग र नयाँ मित्रको आगमनले मन प्रसन्न हुनेछ । धनको लाभ पनि होला । केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । सामाजिक कार्यमा मन जानेछ । सन्तानबाट खोजेजस्तो सहयोग नपाउँदा केहि पीडा होला । आरोग्यता वृद्धि हुनेछ । योजना र बजेट बनाई काम गर्नु हितकर होला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): स्वास्थ्यका लागि खानपानमा ध्यान राख्नुपर्ने समय छ । परिश्रमले लक्ष्य पूरा गर्न सकिनेछ । नोकरी र राजनीतिमा केही अप्ठ्याराको सामना गर्नुपर्ला । सोच्दैनसोचेको ठाउँमा पैसा जाने दिन छ ।सुख सुविधाको वस्तुमा खर्च हुने योग छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दिन शुभदायी छ । विभिन्न अवसरले पछ्याउनेछन् । काम गर्ने जाँगर बढ्ने छ । नया काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाढि बढन सकिनेछ । आय बृद्धि होला । आरोग्यबल बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । आँटेगरेका काम पुरा भइ धनको लाभ हुन सक्छ । ब्यापारमा पनि सामान्य लाभ हुने देखिन्छ । सुख वृद्धि होला । विगतको श्रमबाट पनि धन लाभ हुने योग छ । मिष्ठान्न भोजनको आनन्द मिल्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): यात्राको लागि एकदम राम्रो समय रहेको छ । गरेका कामबाट राम्रै लाभ मिल्नेछ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । साथीभाइसंग रमाइलो भेटघाट होला । नौलो स्थानको यात्रा हुने योग छ । रोकिएका कामहरु बन्नेछन् । आयबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): समय त्यति राम्रो छैन, बाध्यतापूर्ण काममै समय बित्न सक्छ । स्वास्थ्य पनि सामान्य कमजोर रहला । ब्यापार ब्यवसायमा घाटा ब्यहोर्नु पर्ने योग रह्कोले सावधान रहनुहोला । सोचेअनुसार काम बन्न कठिन छ । धैर्यले काम गर्नु हितकर हुनेछ । आफन्तको साथ कमै मिल्नेछ । शत्रुलाई जीत्ने सामर्थ्य भने बढ्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array