टेरामक्स प्रकरण: अख्तियार कार्यालय पुगेर मन्त्री बस्नेतले दिए बयान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ माघ २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेपाल दूरसंचार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद प्रकरणमा मुछिएका स्वास्थ्यमन्त्री मोहन बस्नेतले बयान दिएका छन् ।

मंगलबार अपराह्न अख्तियार कार्यालय टंगाल पुगेर उनले बयान दिएका हुन् । यसभन्दा अघि पटक पटक अख्तियारले बस्नेतलाई बयानका लागि बोलाए पनि उनीले टेरेनन् । स्रोतका अनुसार शक्तिकेन्द्रबाट अख्तियारलाई दबाव दिइरहेका छन् ।

पटक पटक बोलाउदासमेत बयान दिन अस्वीकार गरेपछि अख्तियारले उनलाई पक्राउ गर्ने चेतावनी दिएको थियो । अख्तियारले पक्राउ गर्ने चेतावनी दिएपछि उनले मंगलबार अपराह्न अख्तियार कार्यालय टंगाल पुगेर बयान दिएका हुन् ।

यता पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र कार्कीले भने अख्तियारको बयानबाट भाग्दै आएका छन् । कार्की र बस्नेत दुवै जना संचारमन्त्री भएको बेला उक्त खरिद प्रक्रिया अघि बढेको थियो । त्यसमा दुवैको भुमिका देखिएको भन्दै अख्तियारले उनिहरुलाई बयानका बोलाएको हो ।

स्रोतका अनुसार कार्की र बस्नेत दुवैलाई जोगाउन अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा समेत सक्रिय छिन् । कार्की स्वयंम् समेत पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीकोमा पुगेका छन् । भण्डारीले अख्तियारको छानविनमा आफुले केही गर्न नसक्ने भनेपछि कार्की अहिले विभिन्न शक्तिकेन्द्र धाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array