इरानलाई पराजित गर्दै कतार लगातार दोस्रो पटक एसियनकपको फाइनलमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ माघ २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं – अन्तिम समयमा अलमोइज अलीले गरेको गोल निर्णायक बन्दा कतारले इरानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। लगातार दोस्रो पटक उपाधि रक्षा गर्ने अभियानमा रहेको कतारले इरानलाई ३-२ ले पराजित गरेको हो।

अब कतारले उपधिका लागि फाइनलमा जोर्डनको सामना गर्ने छ। खेलमा अन्तिमसम्म इरानले गोलका राम्रा मौका सिर्जना गरेपनि बराबरी गर्न सकेन।

- Advertisement -
Ad imageAd image

१३ मिनेट थप गरिएको इन्जुरी समयको अन्तिम मिनेटमा इरानले गरेको प्रहर क्रसबारमा लाग्दा इरान सम्भावित बराबरीको अवसरबाट बञ्चित भयो।

त्यसअघि खेलको चौथो मिनेटमै सरदार अजमोनको गोलबाट इरानले अग्रता लिएको थियो।

तर १७ औं मिनेटमा जेसिम गाबेर अब्दुलसालमले कतारलाई बराबरीमा ल्याए। अक्रम अफिफ ४३ औं मिनेटमा गोल गर्दै घरेलु टोली कतारलाई पहिलो हाफमै २–१ को अग्रता दिलाए।

अलिरेजा जाहानबाक्सले विवादित पेनाल्टीमा ५१ औं मिनेटमा इरानलाई बराबरीमा ल्याए। तर ८२ औं मिनेटमा अलमेइजले गोल गर्दै कतारलई अग्रत दिलाए।

१३ मिनेट थपिएको इन्ज्युरी समयको तेस्रो मिनेटमा इरान १० खेलाडीमा सीमित भएको थियो। सोजे खालिजाडेह रातो कार्ड पाउँदै मैदान छाड्नुपरेको थियो। तर पनि इरानले गोलका केही राम्रा अवसर बनाए पनि सदुपयोग गर्न भने असफल रह्यो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्