पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिव नियुक्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ माघ २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं – संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पाण्डेयलाई महासचिवमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताए ।

सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको सिफारिसमा राष्ट्रपति पौडेलले पाण्डेयलाई महासचिवमा नियुक्त गरेका हुन् ।

महासचिव पदमा नियुक्त हुनुअघि मंगलबार नै उनले प्रतिनिधि सभा सचिवबाट राजीनामा दिएका थिए । उक्त राजीनामा स्वीकृत गरी राष्ट्रपति पौडेलले पाण्डेयलाई महासचिव पदमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array