माघ २३ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ माघ २०८०, मंगलवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० माघ २३ गते मंगलबार ई.सं.२०२४ फ्रेवरी ०६ नेपाल सम्बत ११४४ पोहेलागा एकादशी, नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, माघ कृष्ण एकादशी, चन्द्रमा वृश्चिक राशिमा ज्येष्ठा नक्षत्र, व्याघात योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६:४७ बजे भयो भने सूर्यास्त साँझ ०५:४८ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): रोकिएका काम बनी नयाँ काम सुरु हुने समय छ । व्यापारमा फाइदा हुनेछ । सामाजिक प्रतिष्ठा पाइनेछ भने शत्रु परास्त हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिएला । उच्च महत्वाकांक्षाले सोचेको काम पूर्ण रुपमा सम्पादन गराउनेछ । मिठो भोजन प्राप्त हुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । राजनीतिक पहुँच बढ्नेछ तर आर्थिक अभावले सताउने योग छ । भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ, सचेतना अपनाउनु हितकर होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आम्दानी बढ्नाले उत्साह थपिनेछ, तर आज स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । काममा आफन्तको सहयोग जुट्नेछ । हातमा आएको अवसर जोगाउन विशेष प्रयत्न गर्नुपर्ला । मान–सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत भइ ब्यवहार गर्नुहोला । मान्यजन वा विशेषाधिकारीबाट धोका हुन सक्ने योग छ । रसरागमा रुचि बढ्नेछ । मिठो भोजन मिल्ने समय छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिने र आत्मीयजनसँग भेटघाट हुने दिन छ । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ । सुखद समाचारले काममा उत्साह जगाउला । प्रतिभाको उचित कदर हुनेछ । विशेष उपहार हातलागी हुने योग छ । मान-महत्व बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ भने बौद्धिक र रचनात्मक काम बन्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुने समय छ । विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला । प्रेम र मित्रताको बन्धन कसिने छ । व्यापार-व्यवसायमा फाइदा हुनेछ । भूमि व्यवसायबाट प्रशस्त फाइदा मिल्नेछ । आरोग्यता बढ्नेछ । पारिवारिक सुखशान्ति मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दिन त्यति शुभदायी देखिन्न । अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ, विवेकपूर्ण व्यवहार गर्नु हितकर होला । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । चिताएको काममा ढिलासुस्ती हुनेछ । ठगीमा परिने योग रहेकोले आजको दिन विशेष सचेतना अपनाउनुहोला । यात्रामा सफलता प्राप्त हुने समय छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । जीवनसाथीको स्वास्थ्यप्रति चिन्ता जाग्न सक्छ, तर धैर्य राख्नु हितकर होला । दिदिबहिनीमा केही असमझदारी बढ्न सक्छ । खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ने योग रहेकोले सावधानी अपनाउनुहोला । कार्यव्यपारमा सफलता मिल्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): राजनीतिक पहुँच बढ्नुका साथै कुनै नयाँ काम प्रारम्भ हुने समय छ । लामो समयदेखि रोकिएका काम सम्पादन हुने योग छ । विशेष काम सुरु गर्ने मौका मिल्नुका साथै आर्थिक समस्या पनि समाधान हुने देखिन्छ । शत्रुजन परास्त हुनेछन्, तर मित्रजनसँग वैमनश्यता बढ्न सक्छ, सावधान रहनुहोला । खर्चमा सामान्य वृद्धि होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आय र आरोग्यता बढ्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् । वा कामका विविध झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्नेछ । पठनपाठनमा राम्रो उन्नति होला । सन्तानले प्रशन्नता दिलाउने योग छ । सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनुपर्ने समय छ । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ, सचेत रही व्यवहार गर्नुहोला । स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । यसका बाबजुद प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्ने योग छ । स्वास्थ्यमा भने सामान्य समस्या आउन सक्छ । खर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । बौद्धिक र रचनात्मक काममा भने सफलता मिल्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन पारिवारिक सम्बन्ध अलिक कमजोर भएपनि आर्थिक समस्या समाधान हुनेछ । आफन्तबाट टाढिनुपर्ने समय छ । आफन्तजनले तपाईंको कामप्रति गुनासो गर्न सक्छन् । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । सन्तानको सुख मिल्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ । रसरागको भव वृद्धि हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दौडधुप बढ्नेछ तर विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । स्वास्थ्य सबल बन्नेछ भने पराक्रम बढ्नेछ । धनलाभको योग छ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । समस्याको समाधान प्राप्त होला ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array