आजदेखि रास्वपाको ‘राष्ट्रव्यापी दबाब अभियान’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ माघ २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राष्ट्रव्यापी दबाब अभियान’ थाल्दैछ । आजदेखि सुरु हुने दवाव कार्यक्रमको सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम छ । पहिलो चरणको कार्यक्रम २१ चैतसम्म चल्ने रास्वपाले जनाएको छ ।

सभापति लामिछानेले पार्टी पदाधिकारी र सांससहरूसहित सिन्धुपाल्चोकको मेलम्चीबाट अभियानको उद्घाटन गर्ने भएका छन् । मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय परिसरबाटै अभियानको थालनी गर्न लागेको हो । सिन्धुपाल्चोक–काठमाडौं दबाब यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नेछिन् ।

दबाब यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्ने रास्वपाले बताएको छ । सभापति लामिछानेले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्नेछन् ।

अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन–तीन वटा आयोजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ ।

विकासको मुद्दा कुनै दल विशेषको नभइ देश र जनताको हुने भएकाको भन्दै रास्वपाले अभियानका क्रममा पार्टीको झण्डा र चुनाव चिह्न प्रयोग नगर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array