माघ २१ गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ माघ २०८०, आईतवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० माघ २१ गते आईतबार ई.सं.२०२४ फ्रेवरी ०४ नेपाल सम्बत ११४४ पोहेलागा नवमी, नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, माघ कृष्ण नवमी, चन्द्रमा वृश्चिक राशिमा विशाखा नक्षत्र, वृद्धि योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०६:४९ बजे भयो भने सूर्यास्त साँझ ०५:४६ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय भएपनि आजको दिन अध्ययन–अध्यापन र सन्तानको बारेमा चिन्ता बढ्न सक्छ । प्रतिस्पर्धीलाई कमजोर ठान्दा हानी होला । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । यसका बाबजुद कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । कृषि तथा पशुपालनमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त होला । यात्रामा सफलता प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समयछ छ । अप्ठ्यारो काम बन्ला । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । रमाइला ठाउँको भ्रमण गर्ने अवसर प्राप्त होला । समयमा होसियार बन्न नसक्दा काममा बाधा र खर्च बढ्ने योग रहेकोले सचेत रहनु हितकर होला । पारिवारिक समस्याको समाधान होला । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): ब्यस्ततासँगै आम्दानी तथा आयआर्जनका स्रोत बढ्ने समय छ । व्यापारमा राम्रै फाइदा होला । शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइने योग छ । तर, आफ्नै कमजोरीले चिताएको काममा व्यवधान आउने देखिन्छ । लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त होला । अतिथिका रूपमा सम्मान पाइने योग पनि छ । तथापि, आज हातमा आएको अवसर गुम्ने सम्भावना देखिन्छ । सहयोगी वा हितैसीले कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन् । रसरागमा आकर्षण बढ्नेछ भने मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख मिल्ला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन मेहनतले धेरैको विश्वास जित्न सकिने छ । आँटेका काम तत्काल सम्पादन हुनेछन् । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । सामान्य तवरले अस्वस्थताको अनुभूति होला, तर कामको दायित्व भने बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । मित्रजनको साथ मिल्नेछ । कलात्मक काममा सफलता प्राप्त होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा सफलता मिल्ने दिन भएपनि समयमा होसियार बन्न नसक्दा काममा बाधा पुग्ने र खर्च बढ्न सक्छ । मेहनतअनुसार फाइदा कमै होला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिएर काममा उत्साह जागृत होला । सन्तानको सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): विभिन्न अवसरले पछ्याउने र भविष्यका लागि विशेष काममा जग बसाउने समय छ । आजको दिन सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिएला । नसोचेको ठाउबाट धनको लाभ हुने योग छ । साथै ब्यापार ब्यबसायमा पनि लाभ हुने देखिन्छ । रसरागमा आकर्षण बढ्नेछ । धन सम्पदामा बढोत्तरी हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला । बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्छ । विचारलाई तौलेर व्यक्त गर्नु बुद्धिमानी हुनेछ । आयबल वृद्धि र दाम्पत्य सुखको योग छ । योजना र बजेट बनाइ कार्य गर्नु हितकर होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । टाढिएका आफन्तहरू नजिकिन सक्छन् । स्वास्थ्यको लागि आज खानपानमा विशेष सावधान रहनु हितकर हुनेछ । अरूका काममा समय बित्ने योग छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । प्रतिस्पर्धी परास्त होलान् । तर, आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले विचार पु¥याएर काम गर्नुहोला । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । अनावश्यक भ्रमणबाट पन्छिने प्रयास गर्नु हितकर होला । साहसका साथै आरोग्यबल बढ्ने समय छ । मिठो भोजन प्राप्त होला।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): पराक्रम र उत्साह बढ्नुका साथै राम्रैसँग धन आर्जन गर्ने अवसर जुर्ला । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुनेछ तर मौकाको फाइदा उठाउन विशेष विवेक लगाउनु आवश्यक छ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेषसावधानी अपनाउनुहोला । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नुका साथै बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): लाभ हुने काम प्रारम्भ गर्ने समय छ । आजको दिन सोचेको काममा सफलता प्राप्त हुने र द्रब्य प्राप्ति हुने देखिन्छ । गरिएका कामको राम्रै मूल्यांकन होला । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । सफलताका लागि गरिएका प्रयत्न खेर जाने छैनन् । आरोग्यताका साथै रसरागमा आकर्षण बढ्ला । यात्रा सफल हुनेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array