आहा रारा पोखरा गोल्डकप: उपाधिका लागि आज आर्मी र थ्रिस्टार भिड्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० माघ २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौ – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र थ्रिस्टार क्लबबीच खेल हुँदैछ । खेल आज दिउँसो पोखरा रंगशालामा हुनेछ ।

आर्मी क्लब ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै फाइनलमा पुगेको हो भने थ्रीस्टारले ललितपुरकै छिमेकी क्लब जावलाखेल युथ क्लबलाई १–० ले पाखा लगाउँदै उपाधिको भिडन्त पक्का गरेको हो ।
थ्रिस्टार आहा राराको ५ पटकको विजेता हो भने पाँचौं पटक फाइनल पुगेको आर्मीले अहिलेसम्म आहा रारा गोल्डकपको उपाधि जित्न सकेको छैन ।

आर्मी वि. स. २०६५, २०६६, २०७१, २०७२, २०७५ गरी पाँच पटक फाइनलमा पुगे पनि उपाधि हात पार्न सकेको छैन् । यसअघि नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबले ६–६ पटक उपाधि जितेका छन् । थ्रि स्टारले पाँच पटक, संकटाले दुई तथा अफ्रिकन रुट्स, सहारा र एपीएफले १–१ पटक उपाधि जितेका छन् । प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array