प्रधानमन्त्री कप क्रिकेट: उपाधिका लागि आज पुलिस र आर्मी भिड्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० माघ २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि लागि आज नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब भिड्दै छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा पुलिस र आर्मी भिड्न लागेका हुन् । पुलिस लगातार नौं खेलमा जित निकाल्दै फाइनलमा पुगेको हो । पुलिस सर्वाधिक १८ अंकका साथ शीर्ष स्थानमा रह्यो ।

आर्मीले नौमध्ये सात खेलमा जित निकाल्दै अन्तिम दुई स्थान पक्का गरेको हो । प्रतियोगितामा १४ अंकका साथ आर्मी दोस्रो स्थानमा छ। उपाधि विजेताले १० लाख तथा उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array