माघ २० गते शनिबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० माघ २०८०, शनिबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० माघ २० गते शनिबार ई.सं.२०२४ फ्रेवरी ०३ नेपाल सम्बत ११४४ पोहेलागा अष्टमी, नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, माघ कृष्ण अष्टमी, चन्द्रमा तुला राशिमा विशाखा नक्षत्र, गण्ड योग, कौकल करण । आज नेपालमा सूर्योदय बिहान ०६:४९ बजे भयो भने सूर्यास्त साँझ ०५:४५ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रशन्नता पनि मिल्नेछ । तर, बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने योग छ । आफन्तसँग असमझदारी बढ्न सक्छ । मान, सुख वृद्धिका लागि नयाँ सम्भावना देखापर्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आम्दानी बढ्ने र परिवारजनका आवश्यकता पूरा हुने समय छ । दिगो फाइदाका लागि गर्दै आएको काममा लगानी बढाउन सकिनेछ । तर, नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने योग छ, सचेत रहनुहोला । आरोग्यता बढ्नेछ । सन्तानसुख मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): व्यस्तता बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सामाजिक दायित्व पनि बढ्ला । गुरुजनको विशेष सहयोग जुट्नेछ भने अध्ययनमा प्रगति हुने समय छ । बौद्धिक कार्यबाट धनलाभ हुनेछ । प्रतिभा प्रदर्शन गर्न सकिनेछ । आशा उत्साह र आरोग्यता वृद्धि होला । प्रयासरत काम बन्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): पराक्रम वृद्धि हुनेछ । प्रतिष्ठित काम गर्ने मौका मिल्ला । व्यापारमा विशेष फाइदा हुनेछ भने अरूलाई प्रभावित पारेर इनाम तथा प्रतिष्ठा कमाउने समय छ । कामले कीर्तिमानी दिलाउने सम्भावना छ । तथापि, सहयोगीहरूको भर पर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला । शत्रुमाथि विजय प्राप्त हुनेछ भने रसरागको भाव वृद्धि हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अरूका लागि बुद्धि खर्चनुपर्ने समय छ । स्वास्थ्य केही कमजोर रहला । मुख्य काममा बाधा हुने देखिन्छ । तथापि, चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । प्रतिष्पर्धी परास्त होलान् । यात्रामा सफलता प्राप्त हुनेछ । खेलकुद, भ्रमण आदिमा आकर्षण बढ्नेछ । रसरागको भाव वृद्धि होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन चुनौतीपूर्ण रहला । परिस्थितिले अप्ठ्यारो मोडमा पु¥याउन सक्छ । आफन्तजन टाढिएलान् । प्रतिस्पर्धामा केही कमजोर सावित भइने योग भएपनि शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिनेछ भने यात्रामा विशेष लाभ होला । साझेदारीको काम बन्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यवसायमा लगानी बढाउन सके राम्रै आम्दानी हुने समय छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने समय छ । प्रतिस्पर्धीहरूले हार खानेछन् । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुनेछ । मान सम्मान मिल्ने योग छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन उत्साहपूर्ण रहनेछ । कर्मले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । सवारी साधन उपयोग गर्दा चाहिँ आज विशेष सावधानी अपनाउनु हितकर हुनेछ । व्यावसायिक यात्रा सम्भावना छ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । शुभता वृद्धि हुनेछ । सकारात्मक काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । तपाईंका कामको धेरैले तारिफ गर्नेछन् । इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ । विशेष योजनाहरू पनि बन्नेछन् । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ, सावधान रहनुहोला । दायित्व बढ्नेछ । धनको आगमन भैरहनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): सोचेभन्दा कम फाइदा मिल्ने दिन छ । केही विवादमा समेत परिने म्भिावना रहेकोले सजग रहनुहोला । आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । तथापि, मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ । रसरागपूर्ण कार्य तथा प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): व्यापार तथा उद्योगतर्फ सामान्य फाइदा हुने समय छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला । अवसर आए पनि मौकामा लाभ उठाउन निकै कसरत पर्नेछ । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । तर, मुद्दा–मामिलामा विजयी भइनेछ । नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृद्धि हुनेछ । यात्रापरक काम सफल होला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला । मित्रजनको सहयोगले हिम्मत बढ्ला । अधिकारका लागि केही संघर्ष हुने योग छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नाले परिस्थिति अलि प्रतिकूल रहने देखिन्छ, तथापि अन्ततः विजयी बन्नुहनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array