आज माघ १९, उन्नाइस वर्षअघि राजनीतिक ‘कू’ भएको दिन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ माघ २०८०, शुक्रबार
1 Min Read
Aa
(161020) -- KATHMANDU, Oct. 20, 2016 (Xinhua) -- Nepalese Former King Gyanendra Shah speaks during the International Grand Hindu Conference in Kathmandu, Nepal, Oct. 20, 2016. More than 1,000 Hindus from across the globe have gathered in Nepal on Thursday to participate in the International Grand Hindu Conference. (Xinhua/Sunil Sharma) (dtf)

काठमाडौं – आज माघ १९, अर्थात १९ वर्षअघि तत्कालिन राजा ज्ञानेन्द्र शाहले राजनीतिक ‘कू’ गरेको दिन । उनले प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गर्दै शासन सत्ता आफ्नो हातमा लिएका थिए ।

उनले आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरेका थिए । २०६१ साल माघ १९ गते शेरबहादुर देउवाको नेतृत्वमा रहेको तत्कालिन मन्त्रिपरिषद् विघटन गर्दै शाही सम्बोधन मार्फत शासनसत्ता आफैंले चलाउने घोषणा गरेका थिए । उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा असक्षम भएको भन्दै अपदस्त गरेर आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल गठन गरेका थिए ।

- Advertisement -
Ad imageAd image

दरबार हत्याकाण्ड लगत्तै राजा बनेका ज्ञानेन्द्रले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइन बन्द गराएका थिए भने रेडियोमा समाचार रोक लगाइएको थियो । राजनीतिक दलका नेतालाई नजरबन्दमा राखिएको थियो । तर यो अवस्था धेरै दिन रहन सकेन । यही पृष्ठभूमिमा भएको जनआन्दोलनले अढाइ सय वर्षको राजतन्त्र फालेको थियो ।

यही जगमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बन्न सफल भयो । त्यसबेला राजाले राजनीतिक अधिकार खोस्दै मानवअधिकार र प्रेस स्वतन्त्रतामाथि प्रहार गरेका थिए । त्यसबेला टेलिफोन लाइनहरु काटिएका थिए भने सञ्चारगृहहरुमा सेना परिचालन गरिएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्