यू-१९ विश्वकप: आज नेपालले भारतको सामना गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ माघ २०८०, शुक्रबार
1 Min Read
Aa
EAST LONDON, SOUTH AFRICA - JANUARY 26: Dev Khanal of Nepal reacts after hitting 50 during the ICC U19 Men's Cricket World Cup South Africa 2024 match between Afghanistan and Nepal at Buffalo Park on January 26, 2024 in East London, South Africa. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

काठमाडौँ – जारी यू-१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गत आज नेपालले भारतसँग खेल्दै छ । नेपालले यस अघि सुपर सिक्स अन्तर्गतको खेलमा बंगलादेशसँग ५ विकेटको हार बेहोरेको थियो ।

सुपर सिक्सको पहिलो खेलमा भारतले पहिलो खेलमा न्यूजील्याण्डलाई पराजित गरेको थियो । भारत प्रतियोगिताको सेमिफाइनल नजिक रहेको छ । भारतसँगै सेमिफाइनलको दौडमा समुह १ बाट पाकिस्तान र बंगलादेश रहेका छन् ।

त्यस्तै नेपाल भने प्रतियोगिताबाट यसअघि नै बाहिरिएको थियो ।

सुपर सिक्सको समुह १ बाट नेपालसहित न्यूजील्याण्ड र आयरल्याण्ड  सेमिफाइनलको दौडबाट बाहिरिएका छन् ।

नेपालले समुह चरणमा अफगानिस्तानलाई पराजित गरेर २ अंक हासिल गर्दै सुपर सिक्समा पुगेपनि अफगानिस्तान सुपरसिक्समा नरहेकाले सो २ अंक नेपालको सुपर सिक्समा नजोडिदा नेपाल अंक विहिन भएको हो ।

आजको खेलपछि नेपालको विश्वकप यात्रा सकिने छ र स्वदेश फर्किने छ ।

प्रतिक्रिया दिनुहोस्

Array