माघ १९ गते शुक्रबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ माघ २०८०, शुक्रबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० माघ १९ गते शुक्रबार ई.सं.२०२४ फेब्रुअरी ०२ नेपाल सम्बत ११४४ पोहेलागा सप्तमी, नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, माघ कृष्ण सप्तमी, चन्द्रमा तुला राशिमा स्वाति नक्षत्र, शुल योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६:५० बजे भयो भने सूर्यास्त साँझ ०५:४४ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि फाइदा हुनेछ । तर, दिनको पछिल्लो प्रहर केही समस्या देखा पर्न सक्छन्, सावधान रहनुहोला । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । प्रेमभाव बढ्नेछ । आमोदप्रमोदमा रम्ने योग छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव बढ्नेछ । आत्मविश्वास बढ्नेछ । पुरानो समस्याले झमेला आइलाग्ने योग रहेकोले सावधान रहनुहोला । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । दौडधुप बढ्नेछ । यात्रापरक काम बन्नेछ भने रसरागमा आकर्षण रहला । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): पराक्रम बढ्नेछ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने समय छ । योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । होसियारीसाथ काम लिनु हितकर होला । व्यावसायिक काममा मनग्य फाइदा हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । पुराना समस्या दोहोरिन सक्छन् । स्वादिष्ट भोजनमा मन रमाउला । तार्किकताले सम्मान दिलाउन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आरोग्यता र रचनात्मकता बढ्ने समय भएपनि अरूको फाइदाका लागि उपयोग भइने समय छ । काममा रोकावट र कममात्र फाइदा मिल्ला । सहयोगीहरूले हात झिक्नाले अलिक अप्ठ्यारोमा परिनेछ । आर्जित धन खर्च हुन सक्छ । नजिकका साथीभाइ टाढिन सक्छन् । रसरागको भाव बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशांति रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): नयाँ काममा हात हाल्ने समय छ । नसोचेको ठाउबाट धनलाभ हुने देखिन्छ, तथापि बाध्यतामा अलमलिनुपर्दा काम रोकिन सक्छ । आज काम बिग्रने डरले सताउन पनि सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । पारिवारिक सुख शान्ति भने बढ्नेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): रचनात्मक काम सुरु गर्ने समय छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । धनलाभको योग छ । आयबल वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्ला । योजना र बजेट बनाइ काम गर्नु हितकर होला । दिन रमाइलैसंग बित्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कर्मबल बढ्नेछ तर अरूको फाइदाका लागि उपयोग भइएला । स्वास्थ्यका लागि आजको दिन मसलाजन्य खानाबाट एकदमै सावधान रहनुहोला । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका मिल्ला । ठूलै फाइदाको आश्वासन पनि मिल्न सक्छ । साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुने योग रहेकोले सावधान रहनुहोला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सोचेको काम सफलतापूर्वक सम्पन्न होला । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने योग छ । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): भूमि तथा मातृधनबाट लाभ लिने समय छ । पारिवारिक जमघटमा मन रमाउनेछ । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् भने पराक्रम र उत्साह बढ्नेछ । आरोग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । दायित्व पूरा गर्नुहुनेछ । आयस्रोत बढ्ला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने अवसर मिल्ला । महत्वाकांक्षी योजना फलीभूत होलान् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा लगानीको समय छ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । धन आर्जन गर्ने योग छ । उद्योग र व्यापारमा विशेष फाइदाको होला । दामपत्यसुख बढ्नेछ । आरोग्यता बढ्ला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): काममा बाधा परे पनि शुभचिन्तकहरूले साथ दिनेछन् । मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा राम्रै फाइदा होला । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त हुने योग छ । सहयोगीहरूबाट अलि धोका पाइने र अध्ययनमा पछि परिने सम्भावना छ, सचेत रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array