दोहोरो अंकले घट्यो नेप्से परिसूचक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ माघ २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – साताको अन्तिम दिन (आज) बजार घटेको छ। आज नेप्से परिसूचक ३०.९२ अंकले घटेर २०६७.०१ विन्दुमा झरेको हो।

नेप्से परिसूचकमा आएको गिरावटसँगै कारोबार समेत खुम्चिन पुगेको हो। आज कारोबार ४ अर्ब १८ करोडमा खुम्चिएको हो। अघिल्लो कारोबार दिन नेप्सेमा ५ अर्ब २६ करोडको कारोबार भएको थियो।

- Advertisement -
Ad image

कारोबारमा आएको १३ उपसूचक मध्ये १२ घट्दा फाइनान्स बढेको छ। आज हाइड्रोपावर उपसूचक सर्वाधिक २.३५ प्रतिशतले घटेको छ। आज नेप्सेमा समाज लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.१० प्रतिशत, र रावाँ इनर्जीको ३.३८ प्रतिशतले बढेको छ।

हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ५४ करोड १ लाखको कारोबार भएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्