माघ १८ गते बिहीबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ माघ २०८०, बिहीबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० माघ १८ गते बिहीबार ई.सं.२०२४ फेब्रुअरी ०१ नेपाल सम्बत ११४४ पोहेलागा षष्ठी, नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, माघ कृष्ण षष्ठी, चन्द्रमा कन्या राशिमा चित्रा नक्षत्र, धृति योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६:५० बजे भयो सूर्यास्त साँझ ०५:४४ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय भए पनि आजको दिन चुनौतीयुक्त रहला । परिश्रमअनुसारको फाइदा उठाउन नसकिएला । सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । विशेष सभा–समारोहमा भाग लिने अवसर मिल्न सक्छ । प्रेमभाव बढ्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): ब्यस्तताका साथै शुभता बढ्नेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदाको दिन छ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । इर्ष्यालुजनसँग होसियार रहनुहोला । कर्मबल बढ्नुका साथै बौद्धिक र रचनात्मक काममा सफलता प्राप्त हुनेछ । बोलीको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): प्रेम र मित्रताको बन्धन कसिने तथा दाम्पत्य जीवन सुखमय रहने समय छ । परिवारजनको साथले काममा उत्साह जागृत होला । परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने केही कमजोरी अनुभव हुन सक्छ । सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ । सावधानीपूर्वक काम गर्नु हितकर हुनेछ । आरोग्यताका साथै रसरागमा रुचि बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताले चिन्ता र काममा ढिलासुस्ती होला । दायित्व बढ्नेछ । अप्रिय समाचारले मनमा दुःख पुग्ने योग छ । यात्रामा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त होला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । बौद्धिक रचनात्मक र कलात्मक काम सफल हुनेछ । पारिवारिक सुखको योग छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आँटेका काम तत्काल सम्पादन हुने समय छ । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा लाभ हुनेछ भने विभिन्न सहयोग तथा उपहार प्राप्तिको योग छ । अतिथिका रूपमा सम्मान समेत पाइएला । पारिवारिक सुख शान्ति बढ्नेछ । धन मान महत्वमा कमी आउनेछैन । कार्यगति बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय भए पनि आज अनावश्यक भ्रमण हुन सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । सहयोगीहरूले भने काममा उत्साह जगाउनेछन् । नयाँ काम सुरु गर्न सकिनेछ । आय वृद्धि होला । आज विशेष योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कर्मबलका साथ जोखिम बढ्ने समय छ । सहयोगको आशा देखाउनेहरूले आज धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढे पनि व्यापारमा फाइदा हुनेछ । प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । सुख सुविधाको वस्तुमा खर्च बढ्ला । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): विगतका समस्या बल्झिन सक्छन् । लेनदेनमा विवाद होला । सानातिना काम र घरेलु समस्या देखापर्ने योग छ । तथापि, रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ने समय छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । मेहनतअनुसार फाइदा कमै होला । आफू कमजोर भएको अनुभूति होला । नियमकानूनले साथ दिनाले दायित्वलाई पूरा हुनेछ । आयस्रोत बढ्ला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कामको चापबाट पनि फुर्सद पाइनुका साथै रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । विभिन्न अवसरले पछ्याउने योग छ । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिएला । आरोग्यता वृद्धि हुनेछ । नयाँ आयस्रोतबर्द्धक काममा सफलता मिल्ने योग छ । रसरागमा आकर्षण बढ्ला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने समय छ । आफ्ना लागि परिस्थिति अलिक प्रतिकूल बन्न सक्छ । अरूका काममा समय बित्ने योग छ । काम पूरा नहुनाले मन खिन्न रहला । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् । साझेदारीको काम बन्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array