अब माधव नेपाल प्रधानमन्त्री बन्ने कांग्रेस नेता निधिको खुलासा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ माघ २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेस नेता विमलेन्द्र निधिले गठबन्धन सरकारमा अब नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने खुलासा गरेका छन् ।

नेपाल प्रेस युनियन दाङ शाखाले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व गृहमन्त्री समेत रहेका नेता निधिले सत्ता गठबन्धनमा भएका सहमतिको अक्षरशः कार्यान्वयनका लागि गठबन्धन टिकाउनुको विकल्प नरहेको बताए ।

- Advertisement -
Ad imageAd image

देशको नेतृत्व पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हालिरहेको बताउँदै उनले २ वर्षपछि समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १ वर्ष नेतृत्व गर्ने बताए । ५ वर्षे अवधिको अन्तिम २ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व सम्हाल्दै २०८४ सालमा निर्वाचन गराउने गरी सहमति भएको हुँदा अहिलेको सत्ता गठबन्धन टिकाउन सबै लाग्नुपर्ने बताए ।

नेता निधिले अहिले संयुक्त सरकार भएकाले निर्वाचनमा जनतासँग वाचा गरेअनुसार काम हुन नसके पनि गठबन्धनको आवश्यकता आगामी निर्वाचनसम्म हुनुपर्नेमा जोड दिए । उनले भने, ‘अहिलेको गठबन्धन भत्काउन खोज्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नुजस्तै हो । सत्ता साझेदारबीच भएको सहमति कार्यान्वयनको बाटोमा सबै इमान्दारीपूर्वक लाग्नुपर्छ । त्यसैले गठबन्धनको विरोध गर्ने होइन, कसरी आगामी निर्वाचनसम्म जान सकिन्छ, त्यसतर्फ लाग्ने हो ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्