यू-१९ विश्वकप: सुपर सिक्स खेल्नु अघि नै नेपालको सेमिफाइनल सम्भावना समाप्त !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ माघ २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं – नेपाल यू-१९ क्रिकेट विश्वकपबाट बाहिरिएको छ। आज बंगलादेशविरुद्ध सुपर सिक्सको खेल खेल्न लागेको नेपाल आफ्ना सुपर सिक्सका खेल नखेल्दै प्रतियोगिताबाट बाहिरिएको हो।

मंगलबार सम्पन्न सुपरसिक्सका खेलमा भारत र पाकिस्तानले आ-आफ्ना खेल जितेसँगै सुपर सिक्समा रहेका नेपालसहितका तीन देश सेमिफाइनलको दौडबाट बाहिरिएका छन्। नेपालसहित न्यूजील्याण्ड र आयरल्याण्ड अब सेमिफाइनलको दौडबाट बाहिरिएका हुन्।

सुपर सिक्सको समूह १ मा भारत र पाकिस्तानको ६-६ अंक भएको छ भने बंगलादेशको २ अंक रहेको छ। त्यस्तै न्यूजील्याण्डको २ अंक रहेको छ भने नेपाल र आयरल्याण्डको शुन्य अंक रहेको छ।

नेपालले समुह चरणमा अफगानिस्तानलाई पराजित गरेर २ अंक हासिल गर्दै सुपर सिक्समा पुगेपनि अफगानिस्तान सुपरसिक्समा नरहेकाले सो २ अंक नेपालको सुपर सिक्समा नजोदिँदा नेपाल अंक विहीन भएको हो।

अब नेपालले आज बंगलादेशसँग र शुक्रबार भारतसँग विजयी भएपनि सेमिफाइनल पुग्न असफल हुने छ। योसँगै नेपाल सुपरसिक्सका २ खेल खेलेर घर फर्किने भएको छ।

प्रतिक्रिया दिनुहोस्

Array