कोशीमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक भएको गठबन्धनकाे निष्कर्ष

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ माघ २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं – सत्ता गठबन्धन दलले राष्ट्रियसभा सदस्य निर्वाचनका क्रममा कोशी प्रदेशमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक विषय भएको जनाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धन दल बैठकले राष्ट्रियसभा निर्वाचनको परिणामाका विषयमा प्रारम्भीक छलफल गर्दै कोशी प्रदेशमा भएको भोटक्रस गम्भीर चिन्ताजनक विषय भएको निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभाको निर्वाचन र परिणामको विषयमा प्रारम्भिक समीक्षा र छलफल भएको बताए । उनले कोशी प्रदेशमा सत्ता पक्षीय गठबन्धनमा हामीले सिट गुमाएको विषयलाई लिएर छलफल भएको बताए ।

कोशी प्रदेशको नतिजाका आधारमा गठबन्धनभित्र कुनै प्रतिकुल प्रभाव नपार्ने उनले बताए । कोशीको विषय प्रधानमन्त्री वा कांग्रेस सभापतिको मात्रै नभएर गठबन्धनका सबैको सरोकारको विषय भएको भन्दै उनले यसमा कसैलाई दोष दिन नहुने उल्लेख गरे ।

राष्ट्रियसभाका अध्यक्ष चयनका विषय, राजनीतिक एजेण्डा लगाएतका विषयमा पछि छलफल हुने लेखकले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array