माघ १६ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ माघ २०८०, मंगलवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० माघ १६ गते मंगलबार ई.सं.२०२४ जनवरी ३० नेपाल सम्बत ११४४ पोहेलागा चतुर्थी, नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, माघ कृष्ण पंचमी, चन्द्रमा कन्या राशिमा उत्तर फाल्गुनी नक्षत्र, अतिगंड योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६:५१ बजे भयो भने सूर्यास्त साँझ ०५:४२ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): व्यस्तता बढेपनि विभिन्न भौतिक साधनहरू जुट्ने र प्रशन्नता मिल्ने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन खुशी रहला । सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । तर, आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ, सावधान रहनुहोला । यात्रामा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदको अवसर जुर्ने योग छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): विभिन्न अवसरले पछ्याउने दिन छ । व्यापारमा फाइदा हुनेछ, आफ्नै प्रयासले विशेष लाभ मिल्न सक्छ । काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला । तथापि, सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती खडा हुन सक्छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन अप्ठ्यारा कामको बोझ थपिनुका साथै पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्यमा शंका र असमझदारी बढ्ने समय छ । परिस्थिति अनुसार चल्न नसक्ता दुःख मिल्ला । तथापि, विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने योग छ । समस्याको समाधान प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । इर्ष्यालुजनको मनोबल कमजोर हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रतिभाले फाइदा दिलाउने समय छ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिएलान् । अध्ययनमा राम्रो प्रगति हुनेछ । हिम्मतले काम लिनसके मनग्य धन आर्जन हुनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिएला । रचनात्मकता र रसरागको भाव बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिने समय छ । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । विभिन्न सहयोग र उपहार प्राप्त होलान् । आयआर्जन पनि राम्रै हुनेछ । परिवारजनसँग आत्मीयता बढ्नुका साथै वैदेशिक कामकाजमा फाइदा होला । टाढाको यात्रा गर्ने मौका जुर्न सक्छ । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनुहोला । समस्याको समाधान मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): कर्मबल वृद्धि हुनेछ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुने समय छ । हिम्मतले काम बनाउन सकिएला । केही खर्च लाग्ने तर सोचेको काम बन्ने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । मित्रजनको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ । रसरागमा आकर्षण रहला । योजना र बजेट बनाएर मात्र काम गर्नु हितकर हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने समय भएपनि अनावश्यक दौडधुपमा समय बित्न सक्छ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आर्थिक कारोबारमा सजगता अपनाउनुहोला । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । अनुकूल स्थानान्तरण र टाढाको यात्रा गर्ने सम्भावना छ । सुख सुविधाको वस्तु खरिद गर्नुहुनेछ । शत्रुलाई जित्ने क्षमता वृद्धि होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा फाइदा होला । आयआर्जनका स्रोत बढ्नेछन् । प्रेम र मित्रताको गाँठो कसिनेछ । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने योग छ । हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिनेछ । मिठो भोजन खान पाउनुहुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): व्यवसायमूलक काममा पनि राम्रै फाइदा हुने समय छ । काम देखाएर विशेष उपलब्धि हात पार्न सकिएला । मेहनतले धेरै काम बनाउन सकिनेछ भने आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । बोलीको प्रभावले फाइदा उठाउन सकिएला । नियमकानूनले साथ दिनेछ । भएको दायित्व पूरा गर्नुहुनेछ । आयस्रोत बढ्ला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): पहिलेका कर्मको प्रतिफल पाइनेछ साथै कामको चापबाट पनि फुर्सद पाइने समय छ । आजको दिन प्रतिस्पर्धीहरूबाट भने विशेष सजग रहनुहोला । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । आर्थिक अभाव देखापर्ने योग छ । आरोग्यता भने रहनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): अधिकारका लागि केही संघर्ष गर्नुपरे पनि आजको दिन बोलीको भरमा काम सम्पादन होला । विचारको आकर्षणले प्रशंसकहरू बढ्नेछन् भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि फुत्किसकेको अवसर जोगाउन सकिनेछ । रसरागमा आकर्षण बढ्ला । आफन्तको साथ भने कमै मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array