दरबार हत्याकाण्डको फेरि छानविन गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ माघ २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् । बाराको सिमरा विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले तत्कालीन राजा वीरेन्द्रको वंश विनाश हुनेगरी भएको दरबार हत्याकाण्डको फेरि अनुसन्धान हुने बताएका हुन् ।

प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिएको स्पष्ट हुँदाहुँदै पनि यस व्यवस्थाका विरुद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने काम भएको भन्दै यस्तो अधिकार कसैलाई नभएको स्पष्ट पारे ।

केही दिनअघि वीरगञ्जमा आयोजित एक सभामा पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डका बारेमा बोलेपछि उक्त विषयमा फेरि बहस हुन थालेको छ । आफ्ना दाजुको वंशनाशपछि राजगद्धीमा बसेका र देशमा राजसंस्थाको अस्तित्व समाप्त भएपछि नारायणहिटीबाट नागार्जुन पुगेका पूर्वराजा यतिका समय मौन रहेर २२ वर्षपछि दरबार हत्याकाण्डका बारेमा सार्वजनिक सभामा बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array