माघ १२ गते शुक्रबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ माघ २०८०, शुक्रबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० माघ १२ गते शुक्रबार ई.सं.२०२४ जनवरी २६ नेपाल सम्बत ११४४ पोहेलागा पारु, नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, माघ कृष्ण प्रतिपदा, चन्द्रमा कर्कट राशिमा,पुष्य नक्षत्र, प्रीति योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६:५३ बजे भयो भने सूर्यास्त साँझ ०५:३९ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कामको सकारात्मक परिणाम या उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने समय छ । अरूका काममा समय बित्न सक्छ । अनावश्यक भ्रमणमा समय बित्ने योग छ । स्वास्थ्यगत समस्याको सम्भावना रहेकोले विशेष सावधानी अपनाउनुहोला । मानवर्द्धक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला । शत्रुपक्ष परास्त हुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने सम्भावना छ, सचेत रहनुहोला । नसोचेको काममा खर्च हुन सक्छ, लेनदेनमा पनि विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । आज मेहनतअनुसार फाइदा कमै होला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो रहनाले केही काम बन्नेछन् । व्यापारसम्बन्धी कार्यमा सफलता मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन मेहनतअनुसार फाइदा कमै हुने देखिन्छ । ठूलो प्रयत्न गर्दा कमैमात्र उपलब्धि हासिल होला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने योग रहेकोले व्यवहारमा विशेष सावधानी अपनाउनु हितकर होला । कमजोर भएको अनुभूति हुनेछ । लगानी तथा खर्च बढ्नेछ । रसरागमा रुचि बढ्ला । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आयबल र आरोग्यता बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । प्रतिस्पर्धामा विजयी भइएला । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । खेलकुद भ्रमण जस्ता कर्ममा रुचि बढ्ला । सुखशान्ति बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कर्मबल बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ने समय छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । शत्रुहरू किनारा लाग्नेछन् भने संघर्षबाट अधिकार स्थापित गर्न सकिनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । आफन्तमिलन एवम् मित्रजनसँग सुखद भेटघाट होला । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । आजको दिन सवारीसाधन उपयोग गर्दा अलिक सावधानी अपनाउनु हितकर होला । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । धन मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रमाइलो यात्राको अवसर प्राप्त हुोला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । समृद्धि बढ्ला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउला । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्यजीवन पनि सुखद रहला । साझेदारीमा राम्रो फाइदा हुनेछ । कठोर मिहीनेतले कार्यव्यपारमा सफलता प्राप्त हुनेछ । शुभदायी काममा आकर्षण बढ्नेछ । शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आज सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । प्रतिष्पर्धी तथा इर्ष्यालुजनबाट काममा अवरोध पुग्न सक्छ । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): व्यावसायिक काममा खर्च बढ्नेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ, सचेत रहनुहोला । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन् । अप्रिय समाचारले दुःखी बनाउने योग छ । पढाइलेखाइमा प्रगतिको समय छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । नियमकानूनले साथ दिनेछ । चुनौतीका बाबजुद दायित्व पूरा गर्नुहुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): व्यस्तता वृद्धि हुने दिन छ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन भने अलिक मुस्किल पर्ला । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । विभिन्न अवसरले पछ्याउनेछन् । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आरोग्यता वृद्धि हुने र कर्मबल बढ्ने समय छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । व्यापारमा प्रशस्त फाइदा हुने देखिन्छ । भौतिक साधन जुट्नेछ भने आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । वार्तामा सफलता मिल्नेछ । सुख-सुविधाको वस्तु बढ्नेछन् । कुनै पनि समस्याको समाधान मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्