यू-१९ विश्वकप: नेपालले दियो पाकिस्तानलाई १९८ रनको मध्यम लक्ष्य

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० माघ २०८०, बुधबार
2 Min Read
Aa
EAST LONDON, SOUTH AFRICA - JANUARY 24: Gulshan Jha of Nepal bats ahead of wicketkeeper Saad Baig of Pakistan during the ICC U19 Men's Cricket World Cup South Africa 2024 match between Nepal and Pakistan at Buffalo Park on January 24, 2024 in East London, South Africa. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

काठमाडौं – आईसीसी यू–१० विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

इष्ट लन्डनको वुफेलो पार्कमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन जोड्न सक्यो । नेपालका लागि दिपक डुम्रेले २६ रन जोडे । ५७ बलको सामना गरेका डुम्रेले १ छक्का हिर्काएका थिए ।

यसअघि गुल्सन झा १० रनमा क्याच आउट हुन पुगे।ओपनर विपिन रावल ३९ रनमा बोल्ड आउट भए। ६८ बलमा ४ चौका र १ छक्का मद्धतमा ३९ रन बनाउँदा विपिन अहमद हुसैनको बलमा बोल्ड आउट भए।

कप्तान देव खनाल २३ रन बनाउँदा क्याच आउट भए। ३७ बलमा ३ चौका हानेका देव लामो सट खेल्ने धुनमा हुँदा अलि अस्फाँदको बलमा क्याच आउट भए।

ओपनर अर्जुन कुमाल ६ रन बनाएर पवेलियन फर्के। पाचौं ओभरको दोस्रो बलमा अर्जुन १२ बलमा ६ रन बनाउँदा अहमद हुसैनको बलमा बोल्ड आउट भए।

सातौं ओभरको पाँचौ बलमा आकाश त्रिपाठी ६ रनमा नै क्याच आउट भए। १० बलमा १ चौका हानेका आकाश मोहम्मद हुसैन कै बलमा क्याच आउट हुन पुगे।

उत्तम मगर ४ रन बनाउँदा अरफत मिनहासको बलमा अलि अस्फन्दको हातबाट क्याच आउट भए। सुवाश भण्डारीले २० रन थप्दा आकाश चन्दले नटआउट रहँदै १६ रन जोडे ।बलिङतर्फ पाकिस्तानका आराफ्त मिनासले तीन तथा उदैव साह र अहमद हुसेनले समान २ विकेट लिए ।

प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा रहेको छ । नेपाल पहिलो खेलमा न्यूजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । त्यसैगरी, पाकिस्तान भने प्रतियोतिमा दोस्रो जित निकाल्ने दाउमा छ । पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानमाथि एक सय ८१ रनको फराकिलो अन्तरले जित निकालेको थियो ।

समूह ‘डी’मा रहेको नेपालसँग न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् । समूहको शीर्ष तीन स्थानमा रहने टोलीले सुपर–६ को यात्रा तय गर्नेछन् ।

नेपाली यु–१९ टोलीमा कप्तान देव खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसन झा, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, र सुवास भण्डारी, दीपक बोहोरा, उत्तम रङ्गु थापा मगर, विपीन रावल, तिलकराज भण्डारी र आकाश चन्द छन् ।

प्रतिक्रिया दिनुहोस्

Array