माघ ०९ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ माघ २०८०, मंगलवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० माघ ०९ गते मंगलबार ई.सं.२०२४ जनवरी २३ नेपाल सम्बत ११४४ पोहेलाथ्व त्रयोदशी, नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, पुष शुक्ल त्रयोदशी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, एन्द्र योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०६:५४ बजे भयो भने सूर्यास्त साँझ ०५:३६ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइने दिन छ । मनोरञ्जनपूर्ण रुपले समय गुज्रिएला । सानातिना काममै समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ मिल्ने योग छ । आरोग्यता एवम् आशा–उत्साह बढ्ला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ, तर प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । यात्रामा भने सोचेजस्तो रमाइलो नहुन सक्छ । स्वास्थ्यको लागि खानपानमा नियन्त्रण गर्नुहोला । आर्थिक पक्ष सबल रहने छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथ रहनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन यात्राको सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो होला । कामधन्दाको चापले गर्दा प्रेमिकासंग वा दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । कुनै पनि समस्याको समाधान प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कर्मबल बढ्नेछ तथा सामर्थ्य वृद्धि हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्ने समय भएकोले बोलीमा सतर्कता अपनाउनु हितकर होला । आजको दिन नचिताएको स्थानबाट धनागमनको सम्भावना छ । परिणाममुखी काममा लगानी गर्ने योग छ । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्ति र पारिवारिक सुख मिल्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । रसरागको भाव वृद्धि होला । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शांति रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): बौद्धिक प्रतिस्पर्धामा विजयी भइने समय छ । आजको दिन चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ला । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने योग छ । कार्यगति बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रेमभाव वृद्धि हुनेछ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । आज आर्थिक लाभ पनि प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): रोकिएका काम सम्पादन हुने समय छ । कसैसँग सामान्य विवाद पनि हुन सक्छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरे राम्रो हुनेछ । सवारी साधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनुहोला । बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना छ । योजना र बजेट बनाइ कार्य गरे बेस होला । ऋण, रोग र शत्रुलाई परास्त गर्ने क्षमता वृद्धि हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नुछ भने आज राम्रो होला । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि जित तपाईंकै हुने योग छ । सुख वृद्धि हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्ला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): धन वृद्धि हुनेछ । मान-महत्का साथै सुख बढ्नेछ । साहस वृद्धि हुनेछ । उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुने समय छ । आर्थिक पक्ष सबल नै छ । आरोग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): पराक्रम बढ्नेछ । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): नयाँ काम र जिम्मेवारी हात पार्ने मौका मिल्न सक्छ । पढाइमा पनि राम्रै प्रगति होला । आर्थिक पक्ष सबल छ । स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्ने देखिन्छ । रसरागमा आकर्षण बढ्ला । यात्रा सफल हुनेछ । वार्तामा सफलता मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array