ग्लोबल आईएमईले रविलाई दिएको पत्रमा के छ ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ माघ २०८०, सोमबार
2 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ग्यालेक्सी टीभी छाड्दा आफ्नो बैंक खातामा १ करोड ८० लाख रुपैयाँ नआएको दाबी गरेका छन् ।

सहकारी प्रकरणमा आफ्नो नाम मुछिएर आएका समाचारको सन्दर्भमा पत्रकार सम्मेलन गर्दै लामिछानेले यस्तो बताएका हुन् । पत्रकार सम्मेलनमा उनले ग्लोबल आईएमई बैंकले दिएको पत्र देखाउँदै आफूमाथि लोखेको आरोपको खण्डन गरे।

बैंक क्लियरेन्समा पैसा नआए पनि कम्पनी रजिस्ट्रार कार्यालयमा स्लिप गएको उनको भनाई छ । ‘बैंकले नै पत्र दिएको छ, चेक जम्मा भएको हो तर पैसा नभएर जम्मा नभएको भन्ने बैंकले स्पष्ट पारेको छ’ उनले भने ।

पैसा खातामा आए\नआएको बारेमा आजै ग्लोबल आइएमई बैंकले समेत स्पष्टीकरण दिएको छ। ग्लोबल आइएमईले आज रवि लामिछाने माग गरेको सूचनाअनुसार पत्र प्रदान गरेको देखिएको छ। ग्लोबल आईएमईले पत्र आज नै प्रदान गरे पनि मिति भने गलत लेख्न पुगेको छ।

तथापि, पत्रमा भने उनको खातामा पैसा ल्याउने प्रक्रिया भएको तर पैसा नआएको देखिएको छ। पत्रअनुसार रवि लामिछानेको नाममा चेक क्लियरेन्समार्फत १ करोड ८० लाख रुपैयाँ डिपोजिट गराइएको तर उक्त चेक रहेको खातामा पैसा नभएका कारण जम्मा नभएको देखिएको छ।

‘बैंकमा सञ्चालनमा रहेको खाता नं. ००३०७०१०००५९१३ मा रहेको १ करोड ८० लाखको चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक ‘ईसीसी’मार्फत चेक क्लियरेन्समा पठाउँदा पर्याप्त पैसा ‘इनसफिसेन्ट ब्यालेन्स’का कारण फिर्ता भएको हुँदा सो खातामा पैसा जम्मा नभएको व्यहोरा जानकारी गर्दछौँ।’, पत्रमा भनिएको छ ।

पूर्व बैंकर अनिल केशरी शाहले पनि लामिछानेको नाममा चेक डिपोजिट गरिए पनि खातामा पैसा जम्मा नभएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array