माघ ०७ गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ माघ २०८०, आईतवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० माघ ०७ गते आईतबार ई.सं.२०२४ जनवरी २१ नेपाल सम्बत ११४४ पोहेलाथ्व एकादशी, नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, पुष शुक्ल एकादशी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, शुक्ल योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६:५४ बजे भयो भने सूर्यास्त साँझ ०५:३५ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): वैदेशिक कार्यहरू सुचारु भएर जाने समय छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ भने शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । शैक्षिक व्यवसाय गर्नेहरुका लागि पनि समय अनुकूल रहनेछ । स्वास्थ्यका लागि आज खानपानमा विशेष सचेत रहनुहोला । मानवर्द्धक काममा सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । शत्रु परास्त होलान् । कर्मको उचित प्रतिफल पाइनेछ भने विगतको श्रमबाट प्रशस्त धन लाभ हुने योग छ । चरित्रसम्वन्धी आरोप आउन सक्ने भएकोले आज विपरितलिङ्गीबाट टाढा रहनु हितकर हुनेछ । आयबल बढ्नेछ । साहसिक काममा आकर्षण रहला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको कुनै निर्णय खराब हुनसक्छ, निर्णय गर्दा अलिक विचार गर्नुपर्ला । मातापिता र सन्तानसँगको मतभेद बढ्ने योग छ । लेनदेनमा विवाद बढ्ने समय रहेकोले सकभर कारोबार नगर्नु हितकर होला । विगतको श्रमबाट भने आंशिक लाभ हुनेछ । रसरागमा रुचि बढ्नेछ । मानसम्मानमा आघात पुग्न सक्ने दिन भएकोले व्यवहारमा संयमता अपनाउनुहोला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): बलभन्दा बुद्धिको काममा जोड दिनु हितकर हुने समय छ । खर्चका बाध्यता धेरै आइपर्ने छन्, फजुल खर्चबाट जोगिने प्रयत्न गर्नुहोला । कसैलाई आज नगद सहयोग नगरेकै राम्रो । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । मिठो भोजन मिल्नेछ । सुख शान्ति बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): ब्यस्तता एवम् दौडधुप बढ्नेछ । आफ्नो ठानेकाबाटै विश्वासघात हुने सम्भावना भएकोले आजको दिन गोपनियतामा विशेष सावधानी अपनाउनुहोला । विदेश यात्राको प्रयासमा रहेकालाई शुभदायी समय छ । पति–पत्नीबीचको सम्वन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुने योग छ । रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ । पारिवारमा शान्ति रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सोचेको समयमा कार्य सम्पादन गर्न नसकिए पनि व्यापारमा लक्ष्यअनुरूप सफलता प्राप्त हुनेछ । घर तथा सवारी साधन जोड्ने अवसर मिल्ला । पति-पत्नीबीचको सम्बन्ध सुमधुर हुनेछ । आत्मीयजनसँग असमझदारी वा मनमुटाव बढ्ने देखिन्छ । निर्णायक क्षमतामा कमी आउला । धन मान महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ । कार्यगति बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): स्वास्थ्यसम्बन्धी समस्या बढ्ने योग रहेकोले आजको दिन खानपानमा एकदमै सजक रहनुहोला । गोपनियतामा सचेत रहनुपर्नेछ । आमदानीका अवसरहरू प्राप्त हुनेछन् । पुराना मित्रहरूसँग भेटघाट हुने योग छ । कसैसँग विवाद वा झगडा हुनसक्छ, सावधान रहनुहोला । सन्तान वा अनुयायीले प्रशन्नता दिलाउनेछन् । आर्थिक काममा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिने समय रहेकोले मन चिन्तित रहन सक्छ । पति–पत्नीबीच विवाद बढ्न सक्छ, सचेत रही व्यवहार गर्नु हितकर हुनेछ । तपाईंका कमजोरीमाथि टीका–टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्ने सम्भावना छ । आजको दिन बोलीको भरमा काम सम्पादन हुनसक्छ । प्रेमभाव वृद्धि हुनेछ । शुभ काममा आकर्षण बढ्ला । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): व्यस्तता बढ्नेछ । धन आर्जन हुने समय छ । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । कही मिष्ठान्न भोजन खाने अवसर पनि प्राप्त हुन सक्छ । काममा लगनशील बन्न नसक्दा आलोचनाको शिकार भइएला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): पराक्रम बढ्नेछ । बोलीको प्रभावमा अरुको विश्वास जित्न सकिने समय छ । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ, सावधान रहनुहोला । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । भेटघाटको अलमलले योजना बिग्रन सक्छ, ध्यान राख्नुहोला । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आम्दानी सीमित हुनाले आर्थिक कठिनाइ आउन सक्छ । निरर्थक यात्रा गर्नुपर्ने, प्रेममा खटपट भइरहने समय छ । प्रेम प्रसङ्ग अघि बढ्दा अन्य काममा असर पर्न सक्छ । निको भइसकेको रोगले पुन सताउने देखिन्छ । विगतको श्रमबाट धन लाभ हुने योग छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मिठो भोजन मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): कर्मबल बढ्नेछ । शारीरिक कष्ट बढ्न सक्छ । आर्थिक कारोबारमा पनि समस्या आउने योग छ । धार्मिक कार्यमा खासै रुचि नहोला, तथापि, अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । सन्तानसुख बढ्ला । सामथ्र्य बढ्नेछ । वार्तामा सफलता मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array