माघ ०६ गते शनिबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ माघ २०८०, शनिबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि .सं.२०८० माघ ०६ गते शनिबार ई.सं.२०२४ जनवरी २० नेपाल सम्बत ११४४ पोहेलाथ्व दशमी, नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, पुष शुक्ल दशमी, चन्द्रमा मेष राशिमा, कृत्तिका नक्षत्र, शुभ योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६:५५ बजे भयो भयो भने सूर्यास्त साँझ ०५:३४ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मान–सम्मान बढ्ने र बोलीको भरमा काम सम्पादन हुने समय छ । आजको दिन काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । विचारले धेरैलाई आकर्षण गर्ला । स्वास्थ्य सबल रहनेछ तर व्यापारमा कम मात्र फाइदा हुने योग छ । यात्रामा सफलता प्राप्त हुनेभ भने प्रतिष्पर्धी परास्त होलान् ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरु बढ्नेछन् । सहयोगीहरुले काममा साथ दिनेछन् । आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम पनि हातलागी हुने योग पनि छ । तर, धेरै श्रमपछि कममात्र प्रतिफल पाइएला । भएको आम्दानी सञ्चय गर्न नसकिएला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): कर्मबल एवम् सुख वृद्धि हुनेछ र पनि आजको दिन उत्साहमा कमी आउला । परिवारजनमा खर्च बढ्नेछ । कामको दायित्व पनि बढ्ने समय छ । अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । अरुको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । विरोधिपक्षको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । आरोग्यता वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): भाग्यबल तथा सुख वृद्धि हुनेछ । रोकिएका काम सम्पादन हुने अनि नयाँ काम र जिम्मेवारी हात पार्ने समय छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता रहला । पठन–पाठन कार्यमा प्रगति हुनेछ । व्यापार तथा उद्योगतर्फ फाइदा नै हुने योग छ । मिठो भोजन प्राप्त होला । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विगतको श्रमबाट धन लाभ हुने दिन छ । प्रतिस्पर्धा वा मुद्दा–मामिलामा विजयी भइएला । प्रशंसकहरु बढ्नेछन् भने सहयोगीजनले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ आत्मविश्वास बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । रसराग, खेलकुद भ्रमण आदिमा आकर्षण रहने समय छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): काममा सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरुलाई प्रभावित पारेर काम बनाउन सक्नुहुनेछ । दिन उत्साहपूर्ण रहला । रसरागमा आकर्षण बढ्नेछ । सुखद समाचार सुन्न पाइने योग छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । मिथ्या भ्रमणमा समय बित्ने योग छ । स्वास्थ्यगत समस्याले पनि सताउन सक्छ, सावधान ररहनुहोला । यसका बाबजुद पारिवारिक जमघटमा मन रमाउनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यतित्वको प्रभाव बलियो बन्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् तर लेनदेनमा विवाद होला । लाभका लागि इष्टदेवको पूजा–उपासना गर्नु हितकर होला । केही विवादमा समेत परिने योग रहनाले आजको दिन विशेष सचेत रहनुहोस् । सवारी साधनको प्रयोगमा आज अलि सावधानी अपनाउनुपर्ला । प्रेमभाव बढ्ने र मिठो भोजन प्राप्त हुने समय छ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): प्रतिष्ठित काम सम्पादन गर्ने मौका जुर्ला । रोकिएका काम सम्पादन हुनेछन् । पठनपाठनमा प्रगति हुनेछ भने विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुर्ला । आज आर्थिक अभावले भने अलिक सताउला । कृषि–चौपायाबाट लाभ मिल्नेछ । स्थायी सम्पत्ति जोड्ने समय छ । साझेदारीको काम बन्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): अलिक ज्यादा परिश्रम परे पनि काममा सफलता नै मिल्नेछ । आर्थिक उपार्जनमा सुधार आउनेछ । सहयोगीहरुले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । पराक्रम र उत्साह बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ । मिठो भोजन प्राप्त हुनेछ । रसराग प्रेममा सफलता मिल्ला । आफन्तको साथ मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): प्रयासरत काम बन्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । आम्दानी बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । दिन मनोरञ्जनपूर्ण रहनेछ । अलिक बाध्यताका काममा जुट्नुपर्ला । प्रतिस्पर्धी परास्त होलान् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । देखापरेको समस्याको समाधान मिल्ला । बोली र व्यतित्वको प्रभाव बढ्ला । मीठो भोजन प्राप्त हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीमा सुधार आउला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । आरोग्यता र सुख बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array