७.२४ अंकले घट्यो नेप्से परिसूचक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ माघ २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं – शेयर बजारमा नेप्से परिसूचक आज बिहीबार ७.२४ अंकले घटेको छ । हिजो बुधबार १२.१ अंकले घटेर बन्द भएको शेयर बजार आज बिहीबार ७.२४ अंकले घटेर २१५५.८२ विन्दुमा बन्द भएको छ ।

अघिल्लो कारोबार दिन कूल ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८६८ रुपैयाँ बराबरको कारोबार भएकोमा आज बिहीबार कारोबार रकम घटेर ८ अर्ब १७ करोड ४९ लाख ८६ हजार २८२ रुपैयाँ पुगेको छ ।

बिहीबार सर्वाधिक कमाउने कम्पनीहरूमा सिनर्जी पावर, रिडि पावर, माहुली लघुवित्त र गणपति लघुवित्त कम्पनी रहेका छन् । ती कम्पनीको शेयर मूल्य ९.९ प्रतिशत बढीले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array