स्वास्थ्य बीमा कार्यक्रम अब उपत्यकाभित्रका सबै पालिकामा लागू हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ माघ २०८०, बुधबार
2 Min Read
Aa

काठमाडौं – सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई अब काठमाडौ उपत्यकामा पनि सुरु गर्ने भएको छ। यसअघि ७७ जिल्लाका ७ सय ५० स्थानीय तहमा लागू भईसकेको यो कार्यक्रम अगामी २० गतेबाट उपत्यकाभित्रका सबै पालिकामा हुन लागेको हो।

सरकारले हरेक नागरिकलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले २०७२ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्दै आएको छ। अहिले यो कार्यक्रम ७७ जिल्लाका ७ सय ५० स्थानिय तहमा लागू भइसकेको छ।

यो कार्यक्रम संचालन गर्न बाँकी रहेको काठमाडौं तथा ललितपुरका शहरी क्षेत्रमा वडाहरूमा यही माघ २० गतेबाट कायर्त्रफम संचालन गर्न लागिएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ। यो कार्यक्रममा सहभागी हुन चाहनेले आफ्नो वडा कार्यालयमार्फत स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन सक्नेछन्।

यस बीमा सेवामा आवद्ध हुनेले बार्षिक १ लाख रुपैयाको स्वास्थ्य सुविधा उपयोग गर्न पाउनेछन्। जसका लागि बिमितले बार्षिक ७ सय रूपैयाँ तिर्नुपर्ने भने अन्य प्रिमियम रकम सरकारले व्यहोर्ने छ।

स्वास्थ्य बीमामा आवद्ध हुनेले सरकारले तोकेको स्वास्थ्य सेवा बाहेक २५ शैया माथिका अस्पातलमा सेवा लिनेको हकमा भने १० प्रतिशत रकम स्वयमले तिर्नुपर्ने नयाँ व्यवस्था लागू भइसकेको छ।

यद्यपि लक्षित वर्ग तथा २५ शैयाको अस्पतलामा सेवा लिनेको हकमा भने सो व्यवस्था लागू नहुने बोर्ड जनाएको छ। सरकारले यो स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत जेष्ठ नागरीक, अपांग, विपन्न वर्ग तथा एचआइभी एड्स संक्रमिकलाई लक्षित वर्गमा राखेको छ।

स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ७४ लाख ६६ हजार ७ जना आवद्ध रहेका छन्। जसमध्ये हालसम्म ३४ लाख ७२ हजारले स्वास्थ्य सेवा लिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

Array