माघ ०३ गते बुधबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ माघ २०८०, बुधबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० माघ ०३ गते बुधबार ई.सं.२०२४ जनवरी १७ नेपाल सम्बत ११४४ पोहेलाथ्व सप्तमी,नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, पुष शुक्ल सप्तमी, चन्द्रमा मिन राशिमा,रेवती नक्षत्र, शिव योग,गर करण । आज नेपालमा सूर्योदय बिहान ०६:५५ बजे भयो भने सूर्यास्त साँझ ०५:३२ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन चुनौतीपूर्ण रहला । आफ्नो महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । काममा परिवारजनको सहयोग जुटाउने प्रयत्न गर्नुहोला । व्यावसायिक काममा फाइदा उठे पनि तत्काल खर्च गर्नुपर्ने योग छ । अप्रिय समाचारले मन खिन्न रहला । मातृशक्तिबाट लाभ उठाउन सकिनेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): कर्मबल र आरोग्यता बढ्नेछ । प्रतिष्ठित काम गर्ने समय छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । विगतका निर्णयले काम बिग्रन योग रहेकोले सावधानीपूर्व कर्म गर्नुहोला । बेसुरमा वचन दिने बानीले दुःख पाइएला । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ, तथापि कीर्तिमानी काम सम्पादन होला । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): व्यापारमा प्रशस्त फाइदा हुने दिन भएपनि आश्वासन दिनेले झुक्याउन सक्छन्, सचेत रहनुहोला । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । विभिन्न सहयोग र उपहार पाइने योग छ । उठ्नुपर्ने रकम हातलागी होला । पैत्रिक सम्पत्ति उपयोगमा आउन सक्छ । आशा उत्साहका साथै आरोग्य वृद्धि हुनेछ । कार्यगति बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कामको चापबाट मुक्त रही विश्राम पाइने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् तर समयमा होश नपुग्नाले खर्च मात्र हुनसक्छ, सावधान रहनुहोला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि भने कमै हुन सक्छ । मिठो भोजन प्राप्त हुने र शत्रुमाथि मिल्ने योग छ । रसरागमा आकर्षण बढ्नेछ भने यात्रामा सफलता प्राप्त होला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आफ्नै कमजोरीले विवादमा पर्ने सम्भावना रहेकोले आजको दिन व्यवहार गर्दा विशेष सावधान रहनुहोला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा होला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्राको सम्भावना छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): न्यून उपलब्धिका लागि प्रशस्त परिश्रम गर्नुपर्ने समय छ । आजको दिन बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ, सचेत रहनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । पढाइमा राम्रै प्रगति होला, तर आकस्मिक खर्च बढ्ने योग छ । रसरागमा आकर्षण रहला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): काम बिग्रने भयले सताउने समय छ । आजको प्रयत्न निष्फल जस्तै होला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य मिल्न कठिनाइ पर्नेछ । सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन् । स्वास्थ्य भने सवल रहनेछ । मिष्ठान्न भोजनको आनन्द मिल्नेछ । व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यस्तता बढ्नेछ । सहयोगीहरूले राम्रो साथ दिने, रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । आलोचनाको तारो बन्न सकिनेछ तर शत्रुपक्ष परास्त होलान् । पठनपाठनमा त्यति समय दिन नसकिएला, तथापि कर्ममा सफल साबित हुनुहुनेछ । कल्याणकारी कार्यमा आकर्षण रहला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): पराक्रम बढ्नेछ । द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्ने समय छ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन व्यावसायिक काममा त्यत्ति फाइदा नहोला । स्वास्थ्य कमजोर रहन सक्छ, खानपानमा सावधानी अपनाउनु हितकर हुनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागीको योग छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । आफन्तको साथ मिल्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सफलताका लागि चर्कै प्रतिस्पर्धा गर्नुपर्ने दिन छ । विपक्षीको चलखेल बढ्नाले चुनौती बढ्ला । कठोर प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने योग भएकोले सावधानीपूर्वक काम गर्नु हितकर होला । समस्याको समाधान मिल्नेछ । यात्रापरक काममा सफलता प्राप्त हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): राम्रै आयआर्जन हुने दिन भएपनि काममा अवरोध आउन सक्ने सम्भावना छ । सन्तान, अनुयायी र मातृशक्तिको सहयोगले कार्यमा लाभ हुन सक्छ । प्रतिष्ठित काम गर्ने अवसर जुर्ला । आत्मविश्वास बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array