नेप्से परिसूचकमा भारी अंकको बृद्धि, ८ अर्बभन्दा बढिको कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ माघ २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं – सेयर बजार साढे ५४ अंकले वृद्धि भएको छ । मंगलबार ५४.५४ अंकले वृद्धि भएको सेयर बजार २१७५.१७ विन्दुमा आएर बन्द भएको छ ।

यसदिन ३०४ वटा कम्पनीको २ करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४०६ रूपैयाँको कारोबार भएको छ ।

यसदिन २१४ वटा कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३१ कम्पनीको घटेको छ भने २ कम्पनीको स्थिर छ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । परिसूचक २१७५.१७ विन्दुमा बन्द भएको छ । यो ६ महिनायताकै उच्च विन्दु हो । ६ महिनाअगाडि साउन ८ गते नेप्से २२ सय विन्दुमा थियो । हिजो (सोमबार) नेप्से २१२० विन्दु कायम थियो ।

प्रतिक्रिया दिनुहोस्

Array