माघ ०२ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ माघ २०८०, मंगलवार
7 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० माघ ०२ गते मंगलबार ई.सं.२०२४ जनवरी १६ नेपाल सम्बत ११४४ पोहेलाथ्व षष्ठी,नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, पुष शुक्ल पंचमी, चन्द्रमा मिन राशिमा,उत्तरभाद्र नक्षत्र, परिधि योग,कौकल करण । आज नेपालमा सूर्योदय बिहान ०६:५५ बजे भयो भने सूर्यास्त साँझ ०५:३१ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अनेक चुनौती सामना गर्नुपर्ने दिन छ, तथापि आयआर्जनका स्रोत प्रशस्तै भेटिएलान् । व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ । रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्ने समय छ । स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । प्रतिष्पर्धी परास्त होलान् ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): अजको दिन कर्मयोग अभिवृद्धि होला । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डा हुने समय छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । बिनाकारण आफन्तजनबाट टाढिनुपर्ने योग छ । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । रोकिएको काम बन्नेछ, नयाँ कार्यमा पनि सफलता मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): प्रियजनसँग भेटघाट भए पनि एक्लोपनाको अनुभूति हुने समय छ । राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन् । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छटपटी बढ्ने योग छ । सामाजिक प्रतिष्ठामा कमी आउला । जोखिम र दौड बढ्नेछ । चुनौतीका बाबजुद दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन आश मारेको काम बन्नाले उत्साह बढ्नेछ । आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ । विद्यार्थीहरूमा भने पढाइलेखाइको स्तर खस्कन सक्छ । पारिवारिक समस्याहरू देखापर्नेछन् । साझेदारीमा विवाद र दाम्पत्य सम्बन्धमा असमझदारी बढ्ने योग छ । परोपकारका कार्य सम्पादन गरिएला । प्रेमभाव र आरोग्यता बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आज रमाइलो यात्राको अवसर जुट्न सक्छ । मानसम्मान प्राप्त हुने समय छ । प्रेम र मित्रताको बन्धन कसिलो होला । रोकिएका काम बन्नेछन् । स्वास्थ्यसम्बन्धी सामान्य समस्या आइपर्न सक्ने योग भएपनि समस्याको समाधान हुनेछ । विद्यार्थीहरूका लागि अनुकूल समय छ । बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ । पारिवारिक सुख शांति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दिन राम्रै छ । तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला । प्रयत्न गर्दा अध्ययनका लागि विदेशयात्राको कार्य बन्ला । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । समाजसेवा र परोपकारका कार्य गरिने समय छ । तथापि, आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्न सक्छ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यस्तता वृद्धि हुनेछ । आजको दिन सन्तानबाट फाइदा र सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ, सावधान रहनुहोला । झुटा आरोप आइलाग्ने योग छ । बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई भने समय निकै अनुकूल देखिन्छ । आर्थिक काममा आकर्षण बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पराक्रम वृद्धि भएपनि धेरै परिश्रमबाट थोरै लाभ मिल्ने समय छ । अतिरिक्त आम्दानी हुन सक्छ तर घरखर्च बढ्नेछ । ठूलो लगानीबाट कममात्र फाइदा होला । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने योग छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । जीवनसाथी र सन्तानका तर्फबाट सुख मिल्ला । शुभ काममाआकर्षण बढ्नेछ । योजना र बजेट बनाएर कार्य गर्नु विशेष हितकर होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): रोकिएका काम बन्न थाल्ने तथा व्यापार–व्यवसाय विस्तार हुने समय छ । केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ । मित्रजनले साथ दिनेछन् भने नयाँ नोकरी प्राप्ति वा पदोन्नतिको सम्भावना छ । विश्वासमा पारेर धोका दिनेहरू सक्रिय रहने सक्ने हुँदा सचेतनाको आवश्यकता छ । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): स्थायी सम्पत्ति आर्जन गर्न अनुकुल समय छ । परिश्रमबाट घर-जग्गा वा स्थिर सम्पत्ति जोड्न सकिएला । सामाजिक प्रतिष्ठा बढ्नेछ । जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल होला । आरोग्यता बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनाले दायित्व पूरा गर्न सहजताको अनुभूति होला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिएला । स्थायी सम्पत्ति जोड्ने समय छ । बुद्धिको उपयोगले काम लिन सकिनेछ । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरणको सम्भावना छ । तथापि, बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ, सावधानी अपनाउनु हितकर होला । आरोग्यता र ऐश्वर्य वृद्धि होला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण रहनेछ । यात्रा सफल हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): भाग्य बलवान् रहेको समय हुँदा कर्मबल बढ्नेछ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ । व्यवसायमूलक भ्रमण हुन सक्छ । उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । सामाजिक पक्ष सबल बन्नुका साथै मानसम्मान पनि पाइनेछ । वार्तामा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । शत्रु परास्त होलान् ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्