शीतल निवासको ‘माघी भोज’ केपी ओलीले किन गरे बहिष्कार ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ माघ २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं – माघे संक्रान्तिको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको दिवा भोजमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

राष्ट्रपति पौडेलले माघे संक्रान्तिको अवसरमा सोमवार संसदीय दलका सबै नेताहरुलाई आमन्त्रण गरेका थिए । शीतल निवासले आयोजना गरेको माघी भोज खान प्रधानमन्त्री पसष्पकमल दाहाल प्रचण्डसहित पूर्व प्रधानमन्त्रीद्धय शेरबहादुर देउवा र माधवकुमार नेपाल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, रास्वपा सभापति रवि लामिछानेसहित अधिकांश शीर्ष नेता पुगेपनि ओली भने नगएका हुन् ।

ओलीलाई निमन्त्रण गरिए पनि पूर्वनिर्धारित अर्को कार्यक्रममा जानु परेकोले उपस्थित हुन नसकेको एमाले स्रोतले जनाएको छ । यसअघि भदौ ५ गते राष्ट्रपतिले आयोजना गरेको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको थिएन ।

यसअघि शुक्रबार शीतल निवासमा प्रमुख तीन दलका शीर्ष नेतासँग राष्ट्रपतिले छलफल गरेका थिए । त्यसक्रममा भने ओली उपस्थित भएका थिए ।

यता राष्ट्रपति पौडेलले पनि ओलीलाई शीतल निवासमा नदेखेपनि केहि समय सोधिखोजी गरेका थिए । ‘सबै पार्टी अध्यक्ष र नेताहरूलाई बोलाएको छु, प्रधानमन्त्री आएर शुभकामना दिएर अर्घखाँची जानुभो । ओलीजी पनि म आउँछु सकेसम्म म म्यानेज गर्छु भन्नुहुन्थ्यो । उहाँको मिल्यो कि मिलेन थाहा छैन ।’उनले भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array