मेराविरुद्ध घेराबन्दी र अनेक टिका–टिप्पणी भइरहेको छ, तर हार मान्नेवाला छैन: रवि लामिछाने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ पुष २०८०, शनिबार
2 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरुविरुद्ध नयाँ राजनीतिमा आएका मान्छेहरु उस्तै हुन् भन्ने भाष्य सिर्जना गरिएको भन्दै आपत्ति जनाएका छन् । आज (शनिबार) पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठको १ वर्षे कार्यकालको प्रतिवेदन सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गलत भाष्य निर्माण गरेर पुराना राजनीतिक दलहरुले रोटी सेकाइरहँदा नेपाली जनताको ढाड सकिँइरहेको टिप्पणी गरेका छन् ।

‘नयाँ राजनीतिमा आएका मान्छेहरु उस्तै हुन् भन्ने भाष्य सिर्जना गर्न पाइयो भने, हामीलाई यी पनि पुरानै हुन्, यिनमा पनि खास्सै केही छैन, यी नयाँमात्रै हुन्, उमेरले कान्छामात्रै हुन् । खास्सै केही पनि छैन, अलिअलि कराउने मात्रै हुन् भन्ने भाष्य बनाई रहँदा वर्षौंसम्म सकिरहेको उहाँहरुको रोटी त सेकिन्छ होला तर नेपाली जनताको ढाड सेकिन्छ,’– उनले भने ।

आफू र पार्टीमाथि अनेक आरोप, प्रत्यारोप, घेराबन्दी, टिका–टिप्पणीसहित संगठित रुपमा आक्रमण भइरहेको उनले बताए । उनले ाक्रमणबाट हामी हार नमान्नेसमेत बनाए । आफूविरुद्ध केही मानिसहरुले हावा खुस्काउनै लागिपरेको उनले बताए ।

‘आक्रमणबाट हामी हार मान्नेवाला छैनौं । यहाँहरुलाई थाहा छ होला फु्टबल, भलिबल, बास्केट बल । मेरो हकमा त धेरै पटक हावा खुस्काउने कोशिस गरेका थिए । हावा खुस्काउने कोशिस असफल भएपछि रिसले भुँईमा बजार्छन् । जतिधेरै जोडले बजार्छन् हामी त्यतिधेरै माथि पुग्ने हो,’– उनले भने ।

प्रतिक्रिया दिनुहोस्

Array