यस वर्षको एसईई परीक्षा चैत्र पहिलो सातादेखि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ पुष २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं – यसबर्षको माध्यमिक शिक्षा परीक्षा तोकिएकै तालिका अनुसार चैत्र महिनाको पहिलो सातादेखि सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

जाजरकोट र रुकुम जिल्लामा आएको भूकम्पका कारण त्यहाँका बालबालिकाले पढ्न नपाएको भन्दै परीक्षा सर्छ की भन्ने हल्ला निराधार रहेको भनेको छ ।

भूकम्पका कारण ती दुई जिल्लामा कक्षा १० को परीक्षा दिने विद्यार्थीमध्ये करिब २ हजार ७ सय विद्यार्थी बढी प्रभावित भएपनि त्यहाँ पठनपाठन भैरहेको र विद्यार्थी तथा शिक्षकहरुले परीक्षामा सहभागी हुने बताएको पनि बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार यस पटकको परीक्षामा नयाँ पाठ्यक्रम अनुसारको प्रश्नपत्र सोधिने भएको छ । जसअनुसार सम्पूर्ण विद्यालयहरुले नयाँ विशिष्टिकृत तालिका अनुसार पठनपाठन गराउनुपर्ने पनि बोर्डले जनाएको छ ।

साथै यस पटकको परीक्षामा ननग्रेडींग पद्धति लागु हुने भएको छ । अर्थात् ३५ प्रतिशत भन्दा कम अंक ल्याउने विद्यार्थी अनुत्तिर्ण हुने व्यवस्था गर्न लागिएको पनि बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: