सन्दीपलाई आठ वर्ष कैद, पीडितलाई ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ पुष २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई आठ बर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले कैद सजाय निर्धारण गरेको हो । गौशला–२६ (परिवर्तित नाम) ले सन्दीपविरुद्ध बलात्कार आरोपमा जाहेरी दिएकी थिईन् ।

सन्दीपलाई जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा दोषी ठहर गरेको थियो । आज फैसला निर्धारणका लागि पेशी तोकिएको थियो । सन्दीपका अधिवक्ताहरुले उनलाई न्यूनतम् सजाय हुनुपर्ने भन्दै बहस गरेका थिए भने पीडित गौसला–२६ का अधिवक्ताहरुले भने अधिकताम सजाय हुनुपर्ने दाबी लिएका थिए ।

‘परिवर्तित नाम गौशला–२६ को उमेर, प्रतिवादी सन्दीप लामिछानेको उमेर, घटना हुँदाको अवस्था, प्रतिवादीको सामाजिक अवस्था, पीडितलाई परेको मानसिक असरसमेतलाई विचार गर्दा प्रतिपादी सन्दीप लामिछानेलाई मुलुकी अपराध संहित २०७४ को दफा २१९ (३) (ङ) बमोजिम आठ वर्ष कैद र दफा २१९ (३) (क) ग बमोजिम ३ लाख जरिवाना हुने तथा पीडितलाई पुग्न गएको मानसिक असरसमेतलाई विचार गरी दफा २२८ बमोजिम प्रतिवादीलाई भएको जरिवाना तीन लाख र थप दुई लाख रकम क्षतिपूर्तिमार्फत प्रतिवादी सन्दीप लामिछानेबाट पीडित गौशला–२६ लाई भरादिने ठहर्छ,’– फैसलामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array