कोशी प्रदेशको सभामुखले राप्रपामा मतभेद, विष्टलाई फिर्ता गर्न निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ पुष २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं – कोशी प्रदेशसभा सभामुखमा निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद अम्मरबहादुर विष्टलाई फिर्ता गर्न केन्द्रीय समिति र कार्यसम्पादन समितिलाई निर्देशन मिलेको छ ।

मंगलबार बसेको राप्रपा केन्द्रीय निर्देशन समितिको बैठकले कोशी प्रदेशका सभामुखको उम्मेदवारी फिर्ता गर्न आवश्यक कदम चाल्न केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिलाई निर्देशन दिएको छ ।

- Advertisement -
Ad imageAd image

केन्द्रीय निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी अध्यक्ष समेत सहभागिता रहेको पार्टीको पदाधिकारी बैठकमा कोशी प्रदेशको सभामुख पदमा उम्मेदवारी दिने या नदिने भन्ने बुँदामा व्यापक छलफल भएको हो । छलफलमा पार्टीले सञ्चालन गर्ने आन्दोलनलाई समेत दृष्टिगत गर्दा पदमा जानु उपयुक्त नहुने सहमति भएको हो ।’

राप्रपाले राजतन्त्र र हिन्दूराष्ट्र पुनःस्थापनाका लागि आन्दोलन गर्ने घोषणा गरिसकेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्