अदालतको अवहेलना मुद्दामा प्रचण्डले सात वर्षपछि पाए सफाइ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० पुष २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन् । प्रचण्डविरुद्ध सात वर्षअघि अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो । द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलाको टिप्पणी गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रचण्डविरुद्ध मुद्दा दर्ता गराएका थिए ।

उक्त मुद्दामा आज (शुक्रबार) सर्वोच्च अदालतले फैसला सुनाउँदै ‘माग दाबी नपुग्ने’ ठहर गरेको हो । सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले निवेदकको मागदाबी बमोजिम अदालतको अवहेलना गरेको नदेखिएको ठहर गरेको हो ।

उक्त मुद्दामा हालसम्म ३१ पटक तारेख र २४ पटक पेशी तोकिएको थियो । प्रचण्डविरुद्ध २०७३ जेठ १२ मा मुद्दा दायर भएको थियो । गोरखाका कृष्णप्रसाद अधिकारीको हत्याबारे अनुसन्धान गर्न सर्वोच्चले दिएको आदेशलाई प्रचण्डले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई चुनाव लड्न नदिने षड्यन्त्र भएको टिप्पणी गरेको भन्दै अदालतको अवहेलना मुद्दा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array