यू-१९ विश्वकप खेल्ने नेपाली टिमको घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० पुष २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेपालले दक्षिण अफ्रिकामा हुने यू-१९ विश्वकप क्रिकेटमा भाग लिने टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले विहिबार देव खनालको कप्तानीमा १५ सदस्यीय विश्वकप खेल्ने टिमको घोषणा गरेको हो ।

नेपाली टिममा सिनियर टिममा शानदार प्रदर्शन गरिरहेका अलराउण्डर् गुलशन झालाई पनि समावेश गरिएको छ । गुलशन झाले यसअघि यू-१९ एशिया कप पनि खेलेका थिए तर सो प्रतियोगितामा उनले खासै राम्रो खेल्न भने सकेका थिएनन् ।

नेपाली टिममा कप्तान देव खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश प्रसाद कँडेल, बिशाल विक्रम केसी, सुबाश भण्डारी, दीपक बोहोरा, दिपक बोहोरा उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द रहेका छन् ।

जनवरी १९ देखि फेब्रुअरी ११ सम्म दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपाल समुह डी मा रहेको छ । नेपाल समुह डी मा पाकिस्तान, न्यूजील्याण्ड र अफगानिस्तानसँग रहेको छ । नेपालको पहिलो खेल जनवरी २१ मा न्यूजील्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै दोस्रो खेल जनवरी २४ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने तेस्रो खेल अफगानिस्तानसँग जनवरी २७ मा खेल्ने तालिका रहेको छ ।  यू-१९ विश्वकपमा १६ देशले भाग लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: