प्रमुख तीन दलका शीर्ष नेताहरूबीच आज पनि छलफल हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ पुष २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौं – राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच आज पनि छलफल हुँदैछ । यसअघि बुधबार बेलुका प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भएको थियो । उक्त छलफलबाट कुनै निष्कर्स ननिस्केपछि आज पुनः छलफलमा बस्न लागेका हुन् ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको छलफलमा एमाले अध्यक्ष ओलीले राष्ट्रिय सभाको सिट बाँडफाँटमा एमालेलाई नछुटाउन आग्रह गरेका थिए । एमालेको सो आग्रहबारे के गर्ने भन्ने टुङ्गो नलागेपछि आ–गठबन्धन र दलभित्र छलफल गरेर पुनः बैठक बस्ने सहमति भएको थियो । सोही सहमति अनुसार आज पनि शीर्ष नेताहरू बैठक बस्न लागेका हुन् ।

त्यसअघि बुधबार विहान सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि छलफलमा जुटेका थिए । मंगलबार पनि माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र वर्षमान पुन र कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतकबीच भेटवार्ता भएको थियो । निर्वाचन आयोगले २३ पुसका लागि उम्मेदवारी दर्ता तोकेको छ । मतदान भने ११ माघमा हुनेछ ।

१९ सिटका लागि निर्वाचन हुँदैछ । सत्तारुढ दलले यसअघिनै मिलेर चुनाव लड्ने समझदारी गरिसकेका छन् । तर सटि बाडफाँडमा कुरा मिलेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

Array