टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ पुष २०८०, मंगलवार
2 Min Read
Aa

एजेन्सी – टोकियोको हानेदा विमानस्थलमा रहेको जापान एयरलाइन्सको विमानमा भीषण आगलागी भएको छ । स्थानीय समयानुसार मंगलबार साँझ धावनमार्गमा आगलागी भएको हो ।

जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई सकुशल निकालिएको छ । जापानको सरकारी प्रसारक एनएचकेले जारी गरेको फुटेजमा विमानको झ्यालबाट धुवाँ निस्किरहेको देखिन्छ।

अधिकारीहरूलाई उद्धृत गर्दै एनएचकेले दुई रनवेमा दुईवटा विमान आपसमा ठोक्किँदा आगो लागेको हुनसक्ने बताएको छ। केही मिडिया रिपोर्टले विमानको ठक्करको फुटेज देखाएको छ। यसमा रनवेमा उभिएको विमानसँग ठोक्किएपछि अर्को विमान अगाडि बढ्छ । यसै क्रममा दुवै विमानमा ठूलो आगो लागेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार धावनमार्गमा पार्क गरिएको कोस्ट गार्डको विमानसँग ठोक्किँदा यो दुर्घटना भएको हुनसक्छ । रोयटर्सले कोस्ट गार्डलाई उद्धृत गर्दै भनेको छ कि उनीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन्। जापान एयरलाइन्सका प्रवक्ताले उक्त विमान होक्काइडोको शिन-चितोसे विमानस्थलबाट उडेको बताए ।

जापान एयरलाइन्सको विमानमा आगलागीको पहिलो तस्वीर

अहिले यो दुर्घटनाको दृश्य बाहिर आएको छ । जापानको सरकारी प्रसारक एनएचकेले अधिकारीहरूलाई उद्धृत गर्दै हानेडा विमानस्थलमा पार्किङ गरिएको अर्को विमानसँग ठोक्किँदा यो दुर्घटना भएको हुन सक्ने बताएको छ।

जापान एयरलाइन्सको उडानमा धेरै यात्रुहरूले प्रश्न उठाएको पनि रिपोर्टहरू छन्। तर, यसबारेमा अहिलेसम्म स्पष्ट जानकारी आएको छैन ।तर दुर्घटनाका तस्विर र भिडियोमा विमानमा ठूला ठूला आगो निस्केको देखिन्छ । झ्यालबाट आगो र धुवाँ उठिरहेको देखिन्छ।

 

प्रतिक्रिया दिनुहोस्

Array