कान्तिपुरविरुद्ध रवि लामिछानेले दायर गरे गाली बेइज्जतीको मुद्दा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ पुष २०८०, मंगलवार
0 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशन्स लिमिटेडविरुद्ध गाली बेइज्जतीको मुद्दा हालेका छन् ।

कान्तिपुरले पछिल्लो समय सहकारीको रकम हिनामिना गरेको आरोपसहित प्रकाशित गरेको समाचारमा आफ्नो नाम मुछेर आफ्नो चरित्रहत्या गरेको भन्दै लामिछानेले कान्तिपुरविरुद्ध मुद्दा हालेका हुन् ।

- Advertisement -
Ad image

लामिछानेले आज काठमाडौं जिल्ला अदालतमा कान्तिपुरविरुद्ध मुद्दा दायर गरेको रास्वपाका उपसभापति डिपी अर्यालले जानकारी दिए । लामिछाने स्वयंले पनि सामाजिक संजालमार्फत यसको जानकारी दिएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्