बालुवाटारमा प्रचण्ड र ओलीबीच एक्लाएक्लै भेटवार्ता, राष्ट्रियसभा चुनावमा सहकार्य होला ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ पुष २०८०, सोमबार
0 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच एक्लाएक्लै भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको वार्तामा राष्ट्रियसभा सदस्य निर्वाचन, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको विधेयक लगायत विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सम्बन्ध चिसिएको चर्चाबीच अध्यक्ष ओलीसँग भएको भेटवार्ता अर्थपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्

Array