बालकुमारी घटना देखिए जस्तो छैन, त्यसभित्र अर्कै छ: प्रधानमन्त्री प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ पुष २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई जनाको ज्यान जाने गरी शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटना लोकतन्त्र र गणतन्त्र विरूद्धको डिजाइन हुन सक्ने बताएका छन् ।

सोमबार मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शुक्रबार बालकुमारीमा भएको घटना लोकतन्त्र र गणतन्त्र विरूद्धको डिजाइन हुन सक्ने बताएका हुन् ।

‘बालकुमारी घटनमा चिज देखिएकोजस्तो छैन त्यसभित्र अर्कै केही छ, थिङ्स आर नट ह्वाट दे सीम भनेको जस्तो छ,’ प्रचण्डले भने, ‘चिज त्यस्तो छैन जस्तो देखिएको छ भन्ने मैले अनुभूत गरेको छु।’

उनले घटना भएको दिन शुक्रबार आफू पूर्वनिर्धारित कार्यक्रममा दोलखामा रहेको र काठमाडौं फर्किएलगत्तै घटनाबारे ब्रिफिङ लिइएको बताए। ब्रिफिङ लिँदा बाहिर देखिएजस्तो घटना नभएको आफूले अनुभूति गरेको प्रचण्डको भनाइ थियो।

‘म यहाँ सबै कुरा भन्न चाहन्न दुई युवाको जसरी हत्या भएको छ, जसरी गाडी जलाउने काम गरिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मसँग कुनै प्रमाण त छैन तर कतै लोकतन्त्र र गणतन्त्र विरूद्धको डिजाइन त हैन भन्ने लागेको छ।’

केही गम्भीर छ भन्ने लागेर नै सरकारले घटनाबारे अध्ययन गर्न उच्चस्तरीय न्यायिक आयोग बनाएको प्रधानमन्त्री प्रचण्डले बताए।

प्रतिक्रिया दिनुहोस्

Array